अमेरीकी नगर योजना आयुक्तमा नेपाली

अमेरीकास्थित भर्जिनिया राज्यको नामूद शहर मनासस नजिक रहेको हेमार्केट नगर पालिकाको योजना आयुक्तमा एक नेपाली नियुक्त भएका छन् । उनी हुन – अर्घाखाची गाबिस चिदिका ९ ,मधुलेक गाउँका मधु सुदन पन्थी ।
madhu-a
पन्थीलाई प्रिन्स विलिएम काउन्टी भर्जिनियाको हेमार्केटका नगर प्रमुख डेविड एम लिकले अप्रिल २५ तारिख नियुक्त गरेका हुन् . पन्थीले मे ४ तारिख आधिकारिक रुपमा सपथ ग्रहण लिए ।
त्यस्तो पदमा पन्थी सहित जम्मा ७ जना नियुक्त भएका हुन् । तर बांकी ६ जना अमेरिकन मुलका रहेका छन् । उनि त्यस पदमा पुग्ने पहिलो नेपाली मुलका बन्ने अवसर पाएका छन् । नेपाली मुलका मानिस यति ठुलो पदमा पुग्न पाउनु सबै नेपाली समुदायको लागि गर्वको बिषय भएको भन्दै नेपालीहरुले खुसियाली मनाएकाछन् ।
पत्नी ,१ छोरा र १ छोरीका साथ पन्थी झन्डै डेढ दशक देखि हे भर्जिनियाको हेमार्केट क्षेत्रमा बसोबास बस्दैआएकाछन् । उनको क्षेत्रमा करिब ११ प्रतिसत एसियन मुलका रहेका छन् ।
b
२०४४ सालमा काठमाडौँको बिश्व निकेतन उच्च माध्यमिकबाट १० कक्षा उत्रिण गरे पछि उनी २ बर्षको लागि मधुलेक गाउँमा गई समाज सेवामा संलग्न रहेकाथिए । उनको लगन ,मेहनत ,दुरदृष्टि तथा निस्वार्थ समाज सेवाको उक्त पदमा पुगेको आफन्तहरु बताउंछन् ।
mबमजग छ
उनले काठमाडौँको त्रिपुरेश्वरबाट चिट्ठा डिभी भरेकाथिए । गत बर्ष नेपालमा गएको महाभूकम्प पीडितका लागि आर्थिक सहयोग जुटाउन अहम भूमिका खेलेका पन्थीसंग नगर प्रमुख डेविड प्रभावित भएकाथिए ।

c
अमेरिकाको क्यालिफोर्नियाको सान डिएगोमा ७ महिना बसी भर्जिनियाको हेमार्केटमा बस्दै आएका पन्थी लामो समयदेखि डिसी महानगर क्षेत्रमा छन् ।उक्त महानगर क्षेत्रका नेपाली गैर मुनाफाका सामाजिक बिभिन्न संघ तथा संस्था संलग्न महानगर क्षेत्रको क्रियाशील सामाजिक संस्था अमेरिका नेपाली सहयोगी समाजका संस्थापक संरक्षक पनि हुन् ।

नव नियुक्त योजना आयुक्त पन्थीले गौरवशाली पदमा नियुक्त भएकोमा हर्ष लागेको बताए रि,नेपाल र नेपालीको लागि नाम र प्रतिष्ठा उच्च राख्ने प्रतिबद्धता जाहेर गरे ।

यसमा तपाइको मत

प्रवासबाट अन्य समाचार

फेसबुक

ट्वीटर