बसबाट फालेर आमाले बचाएकी ‘बच्ची’-उनैले जितिन एसएलसीमा सबैलाई

एसएलसीमा ‘सर्बोत्कृष्ट’रुपन्देहीकी समिक्षाको कथा- आमाले दुर्घटनामा आफ्नो मृत्युहुनुअघि बसको झ्यालबाट फालेर सात महिने उनलाई बचाएकी थिइन ।


  • दीपक ज्ञवाली
    • slc top 2अरु कसैको दाबी आएन भने यसपटकको एसएलसीमा रुपन्देहीकी समिक्षा सुवेदी नेपाल प्रथम भएकी छिन् ।
      सैनामैना नगरपालिका मुर्गियास्थित सुनगाभा पब्लिक उच्चमाविकी छात्रा सुवेदीले ग्रेड प्वाईन्ट एभरेज (जीपीए) ४ ल्याएकी हुन् । उनको यो अंक देशमै बढी रहेको विद्यालयले दावी गरेको छ । उत्कृष्ठ अंक ल्याएको खुसीमा विद्यालयले रयाली निकाल्यो । विद्यालय परिषरबाट विद्यँर्थी, अभिभावक, संचालक, सुभेच्छुकसहित निस्केको रयाली पश्चिम सालझण्डी र पूर्व बुटवलसम्म आएको थियो ।
      को हुन समीक्षा ?
      उनी नाबालकमै आमा गुमाएकी,, मध्ययम परिवारमा जन्मीएकी  हुन् । समीक्षा ७ महिनाकी हुंदा पाल्पाको बाटुले पोखरामा भएको बस दुर्घटनामा परेर आमा गीताको मृत्यु भएको थियो । २०५५ जेठ १५ गते पाल्पा छहराबाट बुटवल आउदै गरेको बस दुर्घटना हुंदा आफूभन्दा छोरीलाई जोगाउन उनले छोरीलाई झ्यालबाट बाहिर फालिन् । भयो पनि त्यस्तै । उपचार गर्दै गर्दा उनको मृत्यु भयो,छोरी बांचिन् ।
      यी सबै घटनाबाट परिचित बिद्यालयका प्रमुख शैक्षिक सल्लाहकार कृष्ण पंगेनी भन्छन्,तर उनले बांकी परिवार र बिद्यालयको प्रेरणाले यो सफलता चुमिन ।
      उनी हजुरआमा र कान्छी आमाको रेखदेखमा हुर्कीएकी थिइन् । बाबु तेजनारायण सुवेदीले कुखुरा फाम सञ्चालन गरेका छन् । ३ भाइबैनी मध्ये दिदी प्रतिक्षा बिविए अध्ययनरत छन् । भाइ आशिश सुवेदीले ए प्लस ल्याएर संगै एसएलसी उत्रीर्ण गरेका छन् ।
      उत्कृष्ठ समिक्षाले आफ्नो मेहनत, परिवारको सहयोग र गुरुहरुको प्रोत्साहनले उत्कृष्ठ अंक ल्याउन सकेको बताइन् । समय तालिका र विषय सुचि बनाएर पढ्ने, पढेको कुरालाई बेलाबेलामा दोहोराउने बानीले परीक्षामा पनि राम्रो लेख्न सकेको उनले बताइन् । समीक्ष्ाँले भनिन् ‘ घोक्नेमा होइन । जे कुरालाई पनि कसरी सिर्जनात्मक किसिमले प्रस्तुत गर्ने भन्नेमा जोड दिन्छु ।’
      समिक्षाको डाक्टर बन्ने लक्ष्य छ । ‘डक्टर बनेर उपचार सेवामा रोग पालेर बसेकालाई उपचार गर्न चाहान्छु । ’ उनले भनिन् । यसकालाई विज्ञान विषय लिएर पढ्नेछिन् । उत्कृष्ठ अंक ल्याउनेहरु प्राय राजधानीमा पढ्न जान्छन् । यो चलन तोड्दै समिक्षाले भने रुपन्देहीकै उच्चमाविमा पढ्ने इच्छा देखाएकी छिन् । ‘घरपरिवारसंगै बसेर पढ्ने विचार छ ।’ समीक्षाले भनिन् ।
      समिक्षा सानैदेखि मेहनति र लगनशील विद्यार्थी हुन् । पढाइसंगै उनी अनुशाशनमा सधै उत्कृष्ठ हुन्थीन् । अतिरीक्त क्रियाकलापमा पनि उनी अगाडि छिन् ।  ‘स्वअध्ययन बढी गर्ने, समय तालिका अनुसार काम गर्ने, सबैसित मीत्रवत व्यवहार गर्ने र सहयोगी उनका गुण हुन् ।’ विद्यालयका प्राध्यापक तिलक केसीले भने

    तस्बिर दीपक ज्ञवाली

    यसमा तपाइको मत

    शिक्षाबाट अन्य समाचार

    फेसबुक

    ट्वीटर