आफू पनि रोईन,अरुलाई झन् रुवाईन

-कावुलको कथा- कावुल घटनाबारे कवि दीपक बिश्वकर्माले पांच दिनमै लेखे कविता संग्रह -काबुल एक्सप्रेस,कान्छी श्रीमतीले भनिन् छोराको भबिष्य हेरिदिनुस


‘निकै छिट्टै फर्कियो साइलो
यसपटक दशैंसम्मको भाखा पनि कुरेन
अन्तिम साइत तिहार हुनसक्थ्यो
तर कुरेन वा कुर्न पाएन
फर्कियो साइलो
बेला नपुग्दै देश फर्कियो...’
‘ यो कविता मेरैका लागि लेखेजस्तै लाग्यो । कवितामा भनेजस्तै उहा“ले पनि दसैं तिहारको मौका पारेर असोज– कात्तिकमा घर आउने कुरा गर्नुभएको थियो ।त्यही बेला बिहे दर्ता गर्ने कुरा थियो …’
जसोतसो माइकkabulkaul kan6i अगाडि पुगेर जब सञ्जिता लामा थापाले यत्ति शब्द बोलेकी थिइन्, एकाएक उनको गला अबरुद्ध भयो, उनी अगाडि बोल्नै सकिनन् र मञ्चमै आएर बसिन् । जब उनी भक्कानिइन्, कार्यक्रम स्थलमा सन्नाटा छायो र उपस्थित सबैका आ“खा रसाए । कार्यक्रम आयोजकलाई कार्यक्रम रोकौं र कि अगाडि बढाउ“ंजस्तो भयो ।

लगत्तै अर्का अतिथिलाई बोल्न लगाएर कार्यक्रम अघि बढाए । काबुलमा गत असार ६ गते मारिएका बुटवल देवीनगरका जितेन्द्र सिंह थापासहित १२ जना नेपालीको सम्झनामा साहित्यकार एवं कवि दीपक विश्वकर्माद्वारा लिखित ‘काबुल एक्सप्रेस’ कविता संग्रहको शनिबार बुटवलमा विमोचन गरिएको छ । सोही कार्यक्रममा कविताको भावसंगै आफ्नो पीडा पनि मिलेपछि जितेन्द्रकी कान्छी श्रीमती सञ्जिता भक्कानिएकी हुन् । ‘निकै छिट्टै फर्कियो साइलो यसपटक दशैंसम्मको भाखा पनि कुरेन अन्तिम साइत तिहार हुनसक्थ्यो तर कुरेन वा कुर्न पाएन फर्कियो साइलो बेला नपुग्दै देश फर्कियो…’

यस्तै भाव समेटिएको कविता संग्रहको बुटवल साहित्य परिषदको आयोजनामा प्रौढ समाजको सभाहलमा शनिबार विमोचन गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बुद्धिजीवी साहित्यकार दिल साहनीले वैदेशिक रोजगारीका नाममा अझै पनि दासता कायम रहेकाले हाम्रो देशमा आमूल परिवर्तन आउन नसकेको बताए । ‘कमाराकमारी राख्ने प्रचलन रोकिए पनि पनि वैदेशिक रोजगारको नाममा दासता कायमै छ, जस्तोसुकै भए पनि दासताको बन्धनमा रहनुपर्ने बाध्यता रहेसम्म देशमा परिवर्तन आउ“दैन’ साहनीले भने । कविता संग्रहको समीक्षा गर्दै युवा साहित्यkabulaकार गिरि श्रीसले मानवीय मूल्यको अवमूल्यन भइरहेको अवस्थामा पीडाको दस्तावेजको रूपमा कविता संग्रह आएको बताए । कवितामा केही कमजोरी रहे पनि यसले नेपालीको पीडालाई उजागर गरेको उनले बताए । कृतिका रचयिता दीपक विश्वकर्माले आफूले आजभोलि साहित्य लेखनमा निरन्तर लागिरहे पनि यस्तै पीडाका बारेमा कृति लेख्न नपरोस् भन्ने कामना गरिरहेको बताए ।

 

बुटवल साहित्य परिषदका उपाध्यक्ष चतुर्भुज आत्रेयको अध्यक्षता, परिषदकी सदस्य ज्ञानु के।सी। को स्वागत मन्तव्य रहेको कार्यक्रममा वरिष्ठ अधिवक्ता तेजप्रसाद कणेल, कवि अजम्बरध्वज खाती, बुटवल कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवाली, अग्रज पत्रकार मदन पौड्याल, साहित्यकार ऋषि आजाद, विकास के।सी।, रामचन्द्र श्रेष्ठ लगायतले बोलेका थिए । सो अवसरमा पुस्तक बिक्रीबाट प्राप्त ४ हजार ६ सय ८५ रुपैया“ जितेन्द्रका छोरा जेनिश थापाको नाममा जितेन्द्रकी कान्छी श्रीमती सन्जिता लामालाई हस्तान्तरण गरिएको थियो । पुस्तकको प्रकाशक अनिता विश्वकर्मा रहेकी छिन् । गत फागुनमा छोरा जेनिशको न्वारान गरी काबुल गएका जितेन्द्र अफगानिस्तानमा आत्मघाती बम विष्फोटमा परेपछि उनको शव असार ८ गते रूपन्देही ल्याइएको थियो ।

अंश लिई छुट्टिभिन्न भइसकेकी जितेन्द्रकी जेठी श्रीमती गौमती थापा र विदेश जानुअघि जितेन्द्रसंगै बस्दै आएकी कान्छी श्रीमती सञ्जिताबीच जितेन्द्रको शव बुझने विषयमा सामान्य विवाद भएको थियो ।

गौमतीले क्रिश्चियन परम्परा अनुसार जितेन्द्रको अन्त्येष्टि गरेकी थिइन् भने सञ्जिताले हिन्दू परम्परा अनुसार १३ दिने संस्कार शनिबार पूरा गरेकी थिइन् । पुस्तक विमोचन कार्यक्रममा जितेन्द्रकी जेठी श्रीमती भने गौमती उपस्थित भएकी थिइनन् ।

तस्बिर-दीपक ज्ञवाली,शब्द ओम प्रकाश पंगेनी

यसमा तपाइको मत

प्रवासबाट अन्य समाचार

फेसबुक

ट्वीटर