यस्तो बन्दैछ गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन हजार मिटर लामो ‘अर्वन रनवे’ तयार भएको छ । त्यहाँ आपत्कालीन अवस्थामा अहिले नै विमान अवतरण गर्न मिल्छ । माटो ‘कम्प्रेसन’ गरी बनाइने ‘सबग्रेड लेबल’ तयार भइसकेको हो ।

विमानस्थलमा सबैभन्दा महत्त्वपूर्ण रनवे निर्माण मानिन्छ । ‘रनवेको सबग्रेड तयार भइसक्यो । माटोको काम लगभग सकिएको छ’, आयोजना प्रमुख ओम शर्माले भने, ‘अब प्रि सबबेस, सबबेस र बेस हुँदै पिच गरिनेछ ।’

अहिले प्रि बेसको काम भइरहेको उनले बताए । यो चरणमा रिभर बेल्ट मेटेरियBhairwaAirport-4ल्स (गिट्टी र बालुवा) बाट दुई फिट रनवे माथि उठाइन्छ ।

रनवे बनेपछि विमानस्थलको झन्डै आधा काम सकिन्छ । सबैभन्दा बढी समय रनवे बनाउन लाग्ने शर्मा बताउँछन् । जमिनको सतहबाट चार फिट अग्लो हुने रनवे तीन हजार मिटर लामो र ७० मिटर चौडा हुनेछ । हवाई सुरक्षाका लागि रनवेको दुवैतर्फ ३/३ सय मिटर लामो सेफ्टी एरिया बनाइएको छ ।

शर्माका अनुसार अहिलेसम्म विमानस्थको २५ प्रतिशत काम सकिएको छ । जमिनमुनिको अप्ठ्यारो काम लगभग सम्पन्न भएको छ । जमिनभन्दा माथिको काम तुलनात्मक रूपमा सजिलो हुने भएकाले छिटो अगाडि बढ्ने उनले बताए । ‘बर्सात् र दसैंतिहारले काममा अवरोध भएको छ’, उनले भने, ‘तिहारलगत्तै कामले तीव्रता पाउनेछ ।’

रनवेको बीचमा घाँघरा नदी पथ्र्यो । नदीलाई पश्चिमतर्फबाट साढे दुई किलोमिटर घुमाएर ‘डाइभर्सन’ गरिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणकार्य जारी छ । टर्मिनल भवनको बेसमेन्टको काम सम्पन्न भइसकेको जानकारी शर्माले दिए । अहिले जमिनमाथि पिलर उठाउने काम भइरहेको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा अराइभल र डिपार्चर भवन छुट्टाछुट्टै हुनेछन् । अराइभल भवनको अन्डरग्राउन्डमा एरोनिकल र मेकानिकल कक्ष हुनेछ ।

कन्ट्रोल टावर तथा प्रशासनिक भवन निर्माणकार्य पनि जारी छ । यो भवनको पनि जमिन तलको काम सकिएको शर्माले बताए । रेस्क्यु एन्ड फायर फाइटिङ भवन पनि एकसाथ बनाइँदैछ ।

यो विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा सुविधा सम्पन्न बनाउन खोजिएको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा ‘एरो ब्रिज’ (भवनबाट सीधै जहाजमा चढ्ने) बनाउने तयारी भइरहेको शर्माले बताए । तर अहिले बनाउन लागेको टर्मिनल भवनमा ‘एरो ब्रिज’ राख्न नमिल्ने भएको छ । ‘एरो ब्रिज’ राख्दा पार्किङ क्षेत्र साँघुरिने देखिएको उनले बताए ।

‘अहिले बनाइरहेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई पछाडि आन्तरिक टर्मिनल भवन बनाउँछौं’, शर्माले भने, ‘प्रशस्त ठाउँ राखेर अर्को ‘एरो ब्रिज’ सहितको अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने योजना छ ।’ अहिलेको गुरुयोजनामा ‘एरो ब्रिज’ बनाउने डिजाइन गरिएको थिएन । निर्माणकार्य सुरु भइसकेपछि ‘एरो ब्रिज’ बनाउने निर्णय गरिएको हो । दोस्रो चरणमा ‘एरो ब्रिज’ सहितको नयाँ टर्मिनल भवन बनाइनेछ ।

यो विमानस्थल सन् २०१७ को अन्तिममा सम्पन्न गर्ने लक्ष्य थियो । तर भूकम्प र तराई आन्दोलनले काम रोकिँदा ६ महिना ढिलो हुने शर्माले बताए । त्यसमाथि स्थानीय प्रशासनले निर्माण सामग्री (गिट्टी, ढुंगा र बालुवा) उपलब्ध नगराउँदा परियोजना निर्माणमा ढिलाइ भइरहेको छ । सन् २०१८ को मध्यतिर विमानस्थल सञ्चालनमा आउने उनको भनाइ छ । यस सम्बन्धि बिस्र्तत समाचार अन्नपूर्णपोष्ट डटकममा नवीन अर्यालले लेखेकाछन् ।

यसमा तपाइको मत

प्रवासबाट अन्य समाचार

फेसबुक

ट्वीटर