पांच नम्बर प्रदेश टुक्र्याउन खोजिए अमान्य-पौडेल

पूर्बमन्त्री,एमाले उपमहासचिब तथा पांच नम्बर प्रदेश कमिटीका संयोजक बिष्णु पौडेलसंगको संक्षिप्त कुराकानी


दीपक ज्ञवाली-

पूर्बमन्त्री तथा एमाले उपमहासचिब बिष्णु पौडेल एमाले पांच नम्बर प्रदेश कमिटीका संयोजक हुन् । उनको अध्यक्षतामा सोमबारदेखि बुटवलमा प्रथम प्रादेशिक बैठक शुरु भएको छ । उपाध्यक्ष बामदेब गौतमको प्रमुख आतिथ्यतामा शुरु भएको बैठकमा पार्टीको आन्तरिक जीवनदेखि समसायिक राजनीति र प्रादेशिक मुद्धाहरु मुख्य एजेण्डा छन् । बैठकका एजेण्डा र प्रगतिबारे संयोजक पौडेलसंगको संक्षिप्त कुराकानीको सम्पादित रुप ।img_5134

बैठक के मा केन्द्रित छ ?
समसामयिक राजनैतिक बिषय,संबिधान कार्यन्वयनको तीन महिने अभियान,पार्टीको आन्तरिक संगठन सुदृढिकरण,जिम्मेबारी लगायतका बिषयमा ।
के भन्छन् बैठकका सहभागिहरु ? 
सबैको एक मत छ-पांच नम्बर प्रदेश टुक्र्याउन खोजिए मान्य हुनेछैन् । आम जनता त्यसको बिपक्षमा हुनेछन् भन्ने सबैको धारणा छ । सबैले यस बारेका रिपोर्टिंग पनि गर्नु भयो ।
पहिलो दिन के निर्णय भयो ?
पांच नम्बर प्रदेशको सिमाना हेरफेर गर्ने प्रयास गर्न खोजिए असहमति र बिरोध गर्ने निर्णय भयो । त्यसो भएमा आम जनता गोलबन्ध हुनेछन् र प्रतिरोध गर्नेछन् । यस्तो निर्णय एक स्वरमा भयो ।
अरु एजेण्डा के छन् ?
अर्को महत्वपूर्ण बिषय संबिधान कार्यन्वयनका लागि तीन महिने अभियानमा बैठक केन्द्रित हुनेछ । त्यस बाहेक पार्टीको आन्तरिक सुदुढिकरण,प्रादेशिक मुद्धा लगायतका एजेण्डाहरुमा बैठक केन्द्रित हुनेछ ।

uml-5-pradesh-lumbinireview-3

यसमा तपाइको मत

प्रमुख खबरबाट अन्य समाचार

फेसबुक

ट्वीटर