बिभाजन प्रस्तावबिरुद्ध जताततै आक्रोश,बुटवल लगायत पांच नम्बर प्रदेशका सबै स्थान ठप्प

banda-1 banda banda-butwal दीपक ज्ञवाली.बुटवल, ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध जताततै आक्रोश उत्पन्न भएको छ । बिरोधमा एकाबिहानैदेखि बुटवलमा यातायात ठप्प भएको छ ।
विद्यार्थी तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा चक्काजाम गरेका हुन्। वुद्धिजीवी सर्वसाधरणदेखि केन्द्रमा सिमांकन संशोधनमा सहमत देखिएका दलका कार्यकर्तासमेत प्रदेशमा विरोधमा उत्रीएका छन्। चक्काजामका कारण पूर्वपश्चिम तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन्।५ नम्बर प्रदेशका पहाडि जिल्ला पाल्पा अर्घाखाची गुल्मी रोल्पा प्युठान र ६ नम्बर प्रदेशका रुकुम दैलेख सल्यानलाई जोडेर आठौ प्रदेश बनाउने प्रताव अविलम्ब फिर्ता नहुदासम्म आन्दोलन जारी राख्ने बताएका छन् । ५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, सस्कृति र सापिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सिमांकन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ । बुटवलसंगै ५ नम्बर क्षेत्रका पाल्पा, गुल्मी, अर्घाखाची, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लामा समेत आज बिहानैदेखि विरोध प्रद्धर्श भएको छ ।
अन्य सबै जिल्लाहरुमा पनि यातायात ठप्प भएको छ ।

banda-bt butwal

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर