बुटवल सधै सर्बोत्कृष्ट-तर किन बनाईन्न महानगर ?

देशभरका सबै नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट


तस्बिर दीपक ज्ञवाली

बुटवल, देशभरका सबै नगरहरुलाई पछाडी पार्दै बुटवल उपमहानगरपालिका लगातार पांचौ पटक पनि देशकै सर्बोत्कृष्ट नगर घोषणा भएको छ ।
संघीय तथा स्थानीय विकास मन्त्रालय अन्तरगत वित्तिय आयोगले गरेको मुल्यांकनका आधारमा देशभरका सबै नगर,उप तथा महानगरपालिकामध्ये बुटवल उत्कृष्ठ बनेको हो ।
०६९ साल यता बुटवल लगातार सर्बोत्कृष्ट हुंदै आएको छ । अघिल्लो बर्ष बुटवल र धनकुटाले बराबर ९१ अंक ल्याएर प्रथम भएकाथिए । आयोगले नगरपालिकाहरुले पालना गर्नुपर्ने न्युनतम शर्त मापनका १० र कार्य सम्पादनका ४० सुचक गरी गरी दुवैमा ५० , ५० अंक मापन गरेर मुल्यांकन गरेको थियो । प्रथम भएलगत्तै नगरपालिकामा आउने अनुदानमा बृद्धि हुने प्राबधान छ ।
सुशाशन, कार्य्विधि,समूदाय परिचालन, योजना कार्यान्वय लगायतका मूल्यांकनको कुल एक सय अंकमा नगरपालिकाले उक्त अंक प्राप्त गरेको हो । उपमहानगरपालिकाले प्रत्येक टोलमा टोल विकास समिति गठन गरेर उनीहरुमार्फत टोलको विकास, निकास र सरसफाइमा उदाहरणीय काम गरेको छ ।
बुटवलमा स्थानीय शाशन तथा सामुदायीक विकास कार्यक्रम अर्को उपलब्धीमुलक कार्यक्रम हो । उपभोक्तासंगको साझेदारीमा नगरभित्रको टोल टोलमा सडक विस्तार तथा निर्माण, ढल निकास, फोहोर व्यवस्थापन लगायतका पूर्वाधार विकासका कामहरु पनि भएका छन् । बुटवललाई अध्यारोरहीत बनाउन सौर्य सडक बत्ती विस्तार, कृषि उपज तथा थोक बजार केन्द्र संचालन, देशकै नमूना अटो भिलेज संचालन लगायतका महत्वकांक्षी योजनाहरु पनि संचालनमा छन् ।
लगातार देशकै सर्बोत्कृष्ट भएपनि बुटवललाई महानगर बनाउन भने पहल भएकोछैन् । केही दिनअघि सरकारले बिरगञ्ज र बिराटनगरलाई महानगर बनायो तर बुटवल त्यसमा परेन । अरु कमजोर र पूर्बाधार नभएका नगरहरुलाई महानगर बनाईदा बुटवललाई उपेक्षा गरिएको बुटवलबासीको ठहर छ ।

यसमा तपाइको मत

प्रमुख खबरबाट अन्य समाचार

फेसबुक

ट्वीटर