बुटवल-एमाले एकातिर,तीन दल अर्कोतिर


बुटवल । दोस्रो चरणको निर्वाचनमा सबैभन्दा चर्चामा रहेको बुटवल उपमहानगरपालिकामा एमालेको बिराशत भत्काउन भन्दै तीन वटा पार्टीले मोर्चाबन्दी गरेका छन् । लामो अवधिदेखि हरेक प्रकारका निर्वाचनमा विजयी हुंदै आएको एमालेविरुद्ध नेपाली कांग्रेस,माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टी एक ठाउंमा उभिएका हुन् ।
यहां एमालेको एकल पक्षमा शिवराज सुवेदी प्रमुख र गोमा आचार्य उपप्रमुखमा उम्मेदवार छन् । त्यस्तै अर्को प्यानलबाट नेपाली कांग्रेसका खेलराज पाण्डे प्रमुख र माओवादी केन्द्रका जगत बहादुर पोखरेल उपप्रमुखमा उम्मेदवार बनेका छन् ।
वडास्तरमा भने कांग्रेस, माओवादी र जनुमक्ति पार्टीबीच तालमेल छ । एमालेका सुवेदी पार्टीका जिल्ला अध्यक्ष हुन्,गोमा मजदुर नेता हुन् । कांग्रेसका पाण्डे पार्टीको नगर सभापति हुन्,माओवादीका पोखरेल नेपाल जेसिजका पूर्व अध्यक्ष हुन् ।
बुटवल केन्द्रित क्षेत्रमा २०५४,०५१,२०६४,०७० मा भएका नगर,संसद,संविधान सभा जस्ता निर्वाचनहरुमा ठूलो मतान्तरमा एमाले विजयी भएको थियो । दोस्रो संविधान सभाको निर्वाचनमा यहाबाट माओवादीका तात्कालिन नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्राई उम्मेदवार थिए । तर एमाले उपमहासचिव विष्णु पौडेल विजयी भएका थिए । डा.भट्राई भने तेस्रो स्थानमा आएका थिए ।
आफ्नो पार्टी बिरुद्धको मोर्चाबन्दीलाई ‘पराजयको मानसिकता’ ठान्ने एमाले उपमहासचिव पौडेल एमालेसंग एक्लै लड्ने सहास कसैस“ग नभएको बताउंदै भन्छन्—‘जो जो मिलेपनि एमालेको किल्ला तोड्न सक्दैन् ।’
पांच नम्बर प्रदेश विभाजन प्रस्ताव विरुद्ध आन्दोलनको केन्द्र बनेको बुटवलमा त्यसको अगुवाई गरेको थियो ।र, आफ्ना पार्टीका निर्णय अवज्ञा गर्दै कांग्रेस र माओवादीका नेता कार्यकर्ताहरु पनि आन्दोलनमा सहभागी भएका थिए ।
एमाले विरुद्धको मोर्चाबन्दी समयको माग भएको कांग्रेस रुपन्देहीका सभापति तथा सभासद अब्दुल रज्जाक बताउ“छन् । उनको तर्क छ—‘बुटवलमा एमाले बाहेक अरुको उपस्थिति किन हुन नहुने ?’
माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य माधव शर्मा एमाले नेताहरुको दम्भ र अरुको अस्तित्व स्वीकार गर्ने प्रवृत्तिले कांग्रेसस“ग गठबन्धन बनेको बताउ“छन् । एमालेस“ग सहकार्यका लागि पटक पटक प्रयास भएपनि एमालेकै कारण संभव नभएको उनको तर्क छ ।
‘अझ यौटै चुनाव चिन्हमा लडौं समेत भनेका थियौ“ ।’—शर्मा भन्छन्—‘यहा“ मात्र हैन मैले हेर्ने तीनवटै जिल्लामा तालमेलको प्रयास गरेका थियौ ।’

यसमा तपाइको मत

प्रमुख खबरबाट अन्य समाचार

फेसबुक

ट्वीटर