बालबिवाह बिरुद्ध नायिका रेखा थापा रुपन्देहीमा

lumbinireview.com\rekha thapa शब्द तस्बिर-भुवन पाण्डे
भैरहवा, रुपन्देहीको गैडहवा गाँउपालिकाका बालबालिकाले बाल विवाह अन्त्यकालागि संकल्प अभियान सञ्चालन गरेका छन् ।
बालविवाहले आफूहरुको स्वास्थ्य, शिक्षा र आत्मनिर्भतामा असर गरेको भन्दै उनीहरुले बालविवाहलाई रोक्न आग्रह गरे । बालविवाहले एउटा बालबालिका योग्य शिक्षित नागरिक बन्नबाट बन्चित हुने, सिप र क्षमता विकासमा पछाडि पर्ने र आत्मनिर्भर बन्न नसक्ने हुँदा त्यसको अन्त्यका लागि सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने अभियान्ता नर बहादुर कार्कीले बताउनुभयो ।
्रुपन्देहीका गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारु लगायतका जातिमा बाल विवाहको चलन छ ।

छोरीको सानैमा विहे गरिदिए पुण्य कमाइने लेखपढ, पालन पोषणमा लगानी गर्नु नपर्ने र दाइजो पनि कम दिए पुग्ने व्यवहारिक कारणले बालविवाह गर्ने चलन नहटेको हो । बालविवाह अन्त्यका लागि भन्दै सरकारी पक्ष र संघसस्थाहरु थुप्रै प्रयासहरु गरिएपनि कम नभएपछि बालबालिका त्यसको बिरुद्धमा आफै सकृय भएका हुन् ।

साथी सञ्जालमा रहेका किशोर किशोरी र गैडहवा गाँउपालिकाको आयोजनामा अभियान संचालन भएको हो ।
अभियान सञ्चनलनकालागि सुनगाभा सामुदायीक संस्था र नमूना एकिकृत परिषदले सहयोग गरेका थिए । कार्यक्रममा बालविवाह मुत्त अभियानका अभियान्ता नर बहादुर कार्की , नायीका रेखा थापा, जनप्रतिनिधिहरु, विभिन्नसंघ सस्थाका प्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।lumbinireview.com\rekha thapa

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर