लुम्बिनीमा गुरुयोजना विपरीत जथाभावी काम

भुवन पाण्डे
भैरहवा, बुद्ध जन्मस्थल लुम्बिनीमा गुरुयोजनाको माफदण्ड बिपरीत काम भैरहेको छ ।
गुरुयोजना अन्तरगत रहेको एक सय ५५ विघा क्षेत्रफलमध्ये मोनास्ट्रीक जोनमा नियम बिपरीत काम भएको हो । इच्छुक राष्ट्र तथा संस्थाले प्रस्ताव गरेपछि नक्सा अनुसार वर्गिकरण गरिएका तीन प्रकारका प्लट मध्ये एउटा दिने व्यवस्था छ । तर लुम्बिनी विकास कोषका कर्मचारीहरुले भने आफुखुसी निर्णय गरि दुई देखि तीन वटा प्लट दिएको लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज कुमार भट्टराईले स्वीकार्नु भएको छ ।
कोषमा हुने राजनीतिक नियुत्तीबाट आएका पदाधीकारीहरुले थाइल्याड, बर्मा, चाइना, कोरीया, कम्बोडिया देशाका बिहार बनाउन दुई देखि तीनवटा प्लट दिएका छन् । ९५ प्रतिशत काम सम्पन्न भएको मोनास्ट्रीक जोनमा अब ६ वटा मात्र प्लट बाँकी छन् । बाँकी प्लटको नियम अनुसार पहिले कुनै प्लट नलिएकालाई प्राथमिता दिई ९९ वर्ष सम्मको सम्झौता गर्ने नवनियुक्त उपाध्याक्ष अवदेश कुमार त्रिपाठीले बताउनुभयो ।
मोनास्ट्रीक जोनमा १७ राष्ट्रले बौद्ध परम्परा झल्कने गुम्बा, बिहार र ध्यान केन्द्रहरु बनाएका छन् । जोनमा दुई सय, एक सय बीस र ८० वर्ग मिटरका ४२ वटा प्लट छन् ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर