नुवाकोट बिकास समितिमा नयां नेतृत्व,यस्ता छन् पर्यटन प्रबर्धन गर्ने छ प्रस्ताव

तस्बिर दीपक ज्ञवाली

अध्यक्षमा पुन-माधब नेपाल

बुटवल । नुवाकोट बिकास समितिको नवौं अधिबेशनबाट अध्यक्षमा पुन ः माधब नेपाल चयन हुनुभएको छ । १७ सदस्यीय नयां कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पीएल श्रेष्ठ उपाध्यक्षमा अनुपमान सैजू,सचिबमा केहरसिंह खड्का,सहसचिब अणप्रसाद बस्याल,कोषाध्यक्षमा अभिशेषलाल श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा पदमलाल शाक्य,दीपक ज्ञवाली,चन्द्र बहादुर क्षेत्री,दिल कुमारी रोका,दल बहादुर गुरुङ,हरिकला कुमाल,बिष्णु बहादुर कुमाल,पदमकला सूर्यबंशी,जानकुमारी बिक,अरुण कुमार श्रेष्ठ,राजेश श्रेष्ठ चयन हुनुभएको छ ।
सर्बसम्मत समितिको कार्यकाल पांच बर्षको रहेको छ ।
त्यसअद्धि समितिका अध्यक्ष माधव नेपालको अध्यक्षता,उपाध्यक्ष अनुपमान सैजूको सञ्चालन, पीएल श्रेष्ठको स्वागतमा भएको उद्घाटन समारोहमा बोल्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी पर्यटन प्रबर्धनमा समितिले ठूलो योगदान पुर्याएको बताउनुभयो । पर्यटन क्षेत्रको बिकासले समाज र आर्थिक रुपान्तरण गराउने चर्चा गर्दै उहांले स्थानीय समुदायको अपनत्व भएमा पर्यटन क्षेत्रको बिकास संभव हुने बताउनुभयो ।
कार्यक्रममा पूर्ब सांसद देबेन्द्र घिमिरे तथा महेश्वर प्रसाद श्रेष्ठ, डिआर घिमिरे,दल बहादुर गुरुङ,समुन्द्र जिसी,सागर अघिकारी,भीम थापा, दिल कुमारी रोका,कुमार केसी,गोपाल बहादुर पोखरेल,केहर सिंह खड्का,अर्जुनमान सैजू लगायतले बोल्नुभएकोथियो ।


अधिबेशनबाट पारित भएका बिशेष प्रस्तावहरु
१) यो अधिबेशन ऐतिहासिक नुवाकोटलाई सुबिधासम्पन्न आकर्षक पर्यटकीय केन्द्र बनाउने र वातावरणमैत्री,भूकम्प प्रतिरोधी आधुनिक संरचनाहरु निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।
२)नुवाकोट र यस आसपासका ऐतिहासिक,पर्यटकीय,धार्मिक स्थलहरुको संरक्षण र बिकासका लागि पहल गर्ने प्रतिबद्धता गर्दछ ।
३) मुलुक संघीय संरचनामा गएपछि पर्यटकीय स्थलहरुको संरक्षण र प्रबर्धनका लागि केन्द्रिय बजेट रोकिएको तर स्थानीय सरकारहरुबाट पनि प्रयाप्त ध्यान नगएकोमा चिन्ता ब्यक्त गर्दछ । सेनवंशीय दरबारको भग्नाबशेष,नुवाकोटगढी, जीतगढी किल्ला,रामापिथेकस स्थल,राणाकालिन ईनार लगायतका ऐतिहासिक स्थलहरुको संरक्षण,प्रबद्र्धनका लागि बजेट बिनियोजन गर्न सम्बन्धित तहहरुसंग माग गर्दछ ।
४) बुद्ध जन्मस्थल लुम्बिनी र वरपरका पर्यटकीय स्थलहरुलाई जोडेर पर्यटक आकर्षित गर्ने बिशेष कार्यक्रमहरु ल्याउन आग्रह गर्दछ ।
५) स्थानीय पर्यटकीय स्थलहरुमा आउने पर्यटकहरुलाई न्यानो आतिथ्यता प्रदान गर्दै हरेक सुबिधा प्रदान गर्न पर्यटक सेवा केन्द्र स्थापना गर्न जरुरी रहेकाले त्यस्तो केन्द्र स्थापना गर्न स्थानीय सरकारहरुलाई आग्रह गर्दै समितिले सहकार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ ।
६) पछिल्ला दिनहरुमा अब्यबस्थित टिप्पर लगायतका साधनहरु,सडक मर्मतको अभाव जस्ता कारण पर्यटकीय स्थलहरु धुलो,धुवाले आक्रान्त रहेकोमा गम्भीर ध्यानाकर्षण गराउदै पर्यटकहरु आउने हरेक स्थानमा प्रदूषण हटाउन र वातावरणमैत्री संरचनाहरु निर्माण गर्न आग्रह गर्दछ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर