अन्त्य भयो सिण्डिकेट,अब कसरी चल्लान बस ?

दीपक ज्ञवाली

बुटवल । ब्यबयासीहरुले आलोपालो भन्दै आएको तर प्रशाशन र सेबाग्राहीले सिण्डिकेट भन्दै आएको ब्यबसायिक प्रणाली अन्नत ः खारेज भएको छ । धेरै पहिलेदेखिका सरकारले यस्तो प्रणाली खारेज गर्ने घोषणा र प्रयास गरेपनि संभव भएको थिएन ।
भैरहवामा ब्यबसायीमाथि लक्षित गरेर गोली प्रहार भएको अर्को दिन २९ फागुनमा भैरहवामा बसेको यस क्षेत्रका प्रायः सबै यातायात ब्यबसायीहरु सम्मिलित बैठककले सिन्डिकेट हटाउने निर्णय गरेको थियो । संयोग यस्तो प्रयासको पहिलो बैठक गुण्डा नाईके मनोज पुन सुरक्षा कार्वाहीमा मारिएको भोलिपल्ट बसेको थियो । अन्तिम निर्णय भने भैरहवा गोली काण्डको भोलीको दिन भएको थियो ।
यातायात ब्यबसायीहरुबिच लामो अबिधबिचको यस्तो सहमतिबारेको निर्णय भने गुपचुप राखिएको छ ।
बैठकमा ६ वटा महत्वपूर्ण निर्णय भएकाथिए । ती थिए आईन्दा सबैका गाडी स्वतन्त्ररुपमा गुड्न पाउने,सरकारले तोकेभन्दा बढि भाडा लिन नपाईने,कसैले कसैका गाडी अबरोध गरे तत्काल कार्वाही गरिने,अन्तर संघहरुबिच बिबाद नगर्ने र बस समितिहरुबिचका समस्या समाधान गर्न ५ चैतमा भैरहवामा संयुक्त बैठक बस्ने ।
जिल्ला प्रहरी कार्यलयका डिएसपी डिल्ली नारायण पाण्डेका अनुसार उक्त बैठकको संयोजन गर्ने जिम्मा पश्चिम नेपाल बस ब्यबसायी समितिका बरिष्ठ उपाध्यक्ष नारायण घिमिरेलाई दिईएको छ ।
दुबै बैठकको संयोजन डिएसपी पाण्डेले गरेकाथिए ।
उपभोक्ताहरुले माग गरेको र बिभिन्न सरकारले प्रतिबद्धता गरेपनि पूरा नभएको यस्तो निर्णयलगत्तै बिभिन्न स्थानमा बस ब्यबसायीहरुबिच झगडा शुरु भएको छ ।
रुपन्देहीको रुद्रपुर,भैरहवा,नवपलपरासीको महेशपुर लगायतका स्थानमा ब्यबसायीहरुबिच तनाव भएकाछन् ।
पश्चिम नेपाल बस ब्यबसायी संघका अध्यक्ष दधिराम खरेलले भने “निर्णयको स्वागत गर्छौं तर ब्यबहारमा न्याय नभएमा मँन्दैनौं । ”


बिस्तृत जानकारीका लागि पढ्नोस lumbinireview.com को प्रिन्ट संस्करण फरक पत्रिका ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर