अनुगमन गर्न एडिबी टोली भैरहवा बिमानस्थलमा

  • भुवन पाण्डे
  • निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलको प्रगति बिवरण हेर्न एसियाली विकास

    बैँकको टोली आज भैरहवा आएको छ । सन्तोषजनक काम नभएको भन्दै जनवरी देखि

    एडिबीले आफ्नो ऋण र अनुदान बन्द गरेको थियो । अहिले एडिबीका कर्मचारीहरुले

    बिमानस्थलको प्रगति बिवरण र अनुगमन गर्ने काम गरेका छन् ।

    भोली एडिबीका नेपालकालागि निर्देशक मुख्तार खामुदखानोभ आएपछि पुन मुल्यांकन गर्ने नगर्ने भन्ने

    निर्णय हुने बिमानस्थल आयोजनाले जनाएको छ । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न

    हुनेगरी बिमानस्थलको काम सुरु भएको थियो । मधेश आन्दोलन, नाकाबन्दी, भुकम्प जस्ता

    कारणले लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै चिनिया ठेकेदार कम्पनीले म्याद थप गर्न

    आग्रह गरेको थियो । बिमानस्थलको अहिले ३५ प्रतिशत बढी काम सकिएको छ ।

    अहिले प्रशासकिय भवन, कन्ट्रोल तावर, धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवनको काम भैरहेको

    निर्माणधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाले जनाएको छ ।

    यसमा तपाइको मत

    समाचारबाट अन्य समाचार

    फेसबुक

    ट्वीटर