गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल-अनुदान नरोक्ने एडिबीको निर्णय

photo bhuwan [email protected] right

भुवन पाण्डे
बुटवल । अन्नतः भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एसियाली बिकास बैँकले ऋण र अनुदान नरोक्ने भएकोछ । उसले काम सन्तुष्ट नभएको भन्दै अनुदान रोक्ने चेतावनी दिएको थियो ।
एडिबीका नेपालका लागि निर्देशक मुख्तार खामुदखानोभले बिहिबार बिमानस्थलको अवलोकन गरी कामको प्रगतिबाट आफु सन्तुष्त रहेको बताउनुभयो । एडिबी, बिमानस्थल आयोजना, ठेकेदार कम्पनी बीच ८ फागुनमा भएको छलफलमा आउने जुन सम्ममा ५० प्रतिशत काम सक्ने सहमति भएको छ ।

आवश्यक उपकरण सहित दक्ष जनशक्ति थप गरि कामको गति बढाउन चिनिया ठेकेदार कम्पनी पनि सकारात्मक देखिएको छ । नेपाल सरकार र नागरिक उड्डायन प्राधिकरणसँग बिमानस्थलको गतिलाई बढाउन थप छलफल गर्ने एडिबीले जनाएको छ ।
ऋण र अनुदानको पुन मुल्यांकन गर्न एडिबी टोली तीन दिन देखि भैरहवामा छ । सन् २०१५ को जनवरीमा सुरु गरी सन् २०१७ डिसेम्बरमा सक्ने सम्झौतासहित एडिबीले लगानी गरेको थियो । मधेश आन्दोलन, नाकाबन्दी, भुकम्प जस्ता कारणले लक्ष्य अनुसार काम गर्न नसकेको भन्दै ठेकेदारलाई सरकारले सन् २०१८ को जुनसम्म म्याद थपेपनि एडिबी सहमत भएको थिएन । करिब २ महिनाअघि चिनिया ठेकेदार कम्पनीले निर्माणमा सन्तोषजनक काम नगरेकाले अनुदान र ऋण रोक्ने चेतावनी पत्र नागरिक उड्ययन प्राधिकरणलाई पठाएको थियो । जनवरी यता उसले आफ्नो ऋण र अनुदान समेत बन्द गरेको थियो । कुल ६ अर्ब २२ करोड रुपैया लागतको यस बिमानस्थलमा एडिबीको ५४ करोड अनुदान रहेको छ । बा“की चार अर्व २० करोड रुपैया ऋण सहयोग हो । रकमका हिसाबले अहिलेसम्म दुई अर्ब खर्चिएको छ ।
बिमानस्थलको अहिले ३७ प्रतिशत काम सम्पन्न भएको छ । एडिबीसँग ८ फागुनमा भएको सहमति अनुसार असार मसान्त सम्ममा १३ प्रतिशत काम सक्नु पर्ने छ ।

थप जानकाीका लागि पढ्नोस फरक पत्रिका  ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर