भारत नेपाललाई थप हवाई रूट दिन सहमत

तस्वीर नेपाल नागरिक उड्डयन प्राधिकरण ।

नेपाललाई थप हवाई रुट दिन भारतले सहमति जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणबीच भएको सम्झौताअनुसार भारतले नेपाललाई थप चार हवाई रुट दिने सहमति जनाएकाे हो ।

सहमति सन् २०१८ को सेप्टेम्बर अर्थात् आगामी १४ असोजभित्र कार्यान्वयनमा जानेछ ।

हाल भारतीय आकाशबाट आएका विमान सिमरा रुटबाट मात्र नेपाल प्रवेश गरिरहेका छन् । नयाँ सहमतिसँगै नेपाल आउने विमानले महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट पनि प्रयोग गर्न सक्नेछन् ।

अहिले नेपालबाट बाहिरिने विमानले भने महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरको रुट प्रयोग गरिरहेका छन् । अब सबै रुट दुईतर्फी रुपमा सञ्चालन हुनेछन् ।

त्यस्तै, गौतमवुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तर्राष्ट्रिय विमानका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा आउँदो सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्यांकन सम्पन्न गर्ने सहमति पनि भएको छ ।

सहमतिसँगै दुई देशका प्राविधिकले संयुक्तरुपमा रुट निर्धारण, सुरक्षा मूल्यांकन लगायतको बारेमा अध्ययन गर्नेछन् । १५ देखि २४ हजार फिट उचाईसम्म उडान भर्ने जहाजको लागि आवश्यक रुटको अध्ययन पहिलो चरणमा हुनेछ ।

 

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर