चन्द्रकिशोर-जसले तोड्न हैन जोड्न लेख्छन् । पढ्नोस् बिशेष वार्ता

lumbinireview.com

तस्विरहरु दीपक ज्ञवाली

(उनका लेखनीमा पहाड र मधेसको खास संवाद भेटिन्छ । उनी मधेसलाई मूलधारमा ल्याउनमात्र होइन समग्र देशको उन्नति र लोकतन्त्रको उन्नत भविष्यबारे चिन्तित छन् । उनी हुन मधेस मामिला अरुलाई बुझाउन सक्षम चर्चित पत्रकार चन्द्रकिशोर। अथक अध्येता पनि रहेका यी पत्रकार चिया पसलबाट समाजको ज्वरो छाम्ने ध्याउन्नमा हुन्छन् । आफ्ना सन्तुलित र काव्यात्मक लेखनीबाट चर्चित उनै चन्द्रकिशोर मार्टिन चौतारीले आयोजना गरेको अनुसन्धान बिशेष तालीमका क्रममा कपिलवस्तु आएका बेला फरक मिडियाका लागि जुझारु स्वतन्त्र लेखक (फ्रिल्यान्सर) रामचन्द्र श्रेष्ठले गरेको वार्ता । यो वार्ताको बिशेष रुप शुक्रबारको फरक पत्रिकामा प्रकाशित हुनेछ ।)

  • मधेसका नेतृत्वले गैरमेधसीहरुमा आफ्ना कुरालाई तथ्यपूर्ण र तर्कपूर्ण ढंगले पस्कन सकेनन् ।

  • मान्छेचाहिं गोली खान्छन् ‘जय मधेस’ भनेर तर नेपाली नागरिकता मागिराख्छन् ।

  • नत्र दुर्घटना हुन्छ । यो संविधान आफैले आफैलाई टिकाउन सक्दैन ।

  • माधव कुमार नेपालल उनान्सय प्रतिशत मधेसीहरुका मतबाट जित्नुभयो । उहाँको पार्टीको संगठन पुरै देशभरि छ । उहाँले मधेसी जनता पनि यहीं देशमा देशको नवनिर्माणको अंशियार बन्न चाहन्छन् यसो भनिदिदाँ त्यसको अलग प्रभाव पथ्र्यो ।

  • नेपाली मिडियालाई बाँच्नु छ भने उ जनतासमक्ष जानैपर्दछ ।

  • बिना तयारी हामी प्रादेशिक संरचनामा गयौ, बिना पुर्वाधार हामी स्थानीय तह निर्माण ग¥यौं । यसले गर्दा तयारी बिनानै जाँच दिन बसेका विद्यार्थीजस्तै हामी अलमलमा परेका छौं ।

  • जो संघीयताको माग गरिरहेका थिए उनीहरु नै संघीयता कसरी व्वस्थापन गर्ने भन्ने जानेका छैनन् । जस्ले यो गाडी मेरो होइन भन्दै थियो अचानक घरको चाबी पाए जस्तै ।

निकै गर्मी छ है । मधेसको गर्मी सहनै गाह्रो । अहिले मधेसको राजनीतिक सरगर्मी सेलाएकै हो ?
राम्रो के भएको छ भने बहुसतहको निर्वाचन पश्चात राजनीति भूईसतहमा गएको छ । भूईसतहमा केही राजनीतिक सफलता देखापरेका छन् । भूईसतहमा राजनीतिक गतिविधि पनि देखिएको छ । सँगसँगै प्रादेशिक संरचनाले गर्दा बहुकेन्द्रीत भएको छ । त्यहाँ पनि राजनीतिक सक्रियताहरु देखिएको छ । पछिल्लो लामो समयदेखि सदरमुकाम केन्द्रित भएको राजनीति विभिन्न संरचनामा फेरिएको छ । त्यसको क्रिया प्रतिक्रियाहरु आएका छन् । त्यसैले राजनीति जनतासँग जोडिन पुगेको छ । जनताका कुराहरु पनि उठ्न थालेका छन् । गतिविधिमा सक्रियता आएको छ ।

म प्रायः केमा झुक्किुन्छु भने— मधेस भन्ने कि तराई रु कुन शब्द प्रयोग गर्नु उचित हुन्छ ?
तराई भूगोल हो जुन भारतमा पनि छ । उत्तराखण्डमा पनि तराई छ र माथि पहाड छ । पूर्वोत्तर भारतमा जानु भयो भने दार्जिलिङ पहाड हो तल तराई छ । नेपालमा पनि तराई छ । तराई मैदानी भूभाग हो । मधेस नेपाल भित्र मात्रै छ । त्यो संस्कृत र सभ्यतासँग जोडिन्छ । त्यसकारण नेपालमा राज्यसँग सम्बन्ध निर्माणका लागि नेपालको दक्षिणी भूगोलमा पहाडलाई काँध दिएको जुन समतल मैदान छ र त्यहाँ बसोबास गर्ने रैथाने बासिन्दाहरुले राज्यसँगको सम्बन्ध निर्धारण गर्नको लागि राज्यद्वारा प्रदत्त जुन शब्दावली प्रयोग गरिरहेछन् ‘मधेसी’ त्यो बढी प्रयोग हुन्छ । त्यसले नेपालभित्रको राजनीतिक सामाजिक अवस्थालाई देखाउँछ । त्यसकारण मधेस शब्द सुनोयोजित रुपमा प्रयोग भईरहेको छ ।

मान्छेहरुमा अझै पनि अलमल छ— मधेसको समस्या के हो भन्नेबारे । कोही भन्छन् पहिचानको मुद्दा हो, कोही भन्छन् स्थानिय शासनाधिकारको सवाल हो । केन्द्रमा शासन गर्न पाएनन् स्थानिय तहमा भए पनि शासन गर्न चाहन्छन् । फेरि अधिक प्रयोग भईआएको शब्द आन्तरिक उपनिवेश हो । यो आन्तरिक उपनिवेशविरुद्धको संघर्ष हो । खास के हो मधेसको समस्या ?
मधेसले उठाउन खोजेको सवाल यो देशलाई कसरी बढी एकताबद्ध पार्ने र कसरी मुलुकमा दीर्घकालिन शान्ति हुने र मुलुकलाई समृद्धिको यात्रामा लग्ने हो । तर मधेसका आवाजलाई काठमाडौंमा सुनाउने मधेसी राजनीतिक प्रवक्ता कमजोर भए । मुद्दा चाँहि अग्ला भए नेतृत्व कम कदका भए । जसले गर्दा भइदियो के भने राजनीतिक क्रिया र प्रतिक्रियामा गयो । उनीहरु समग्र मधेसका अभिव्यक्तिलाई एउटा नारामा कोट अन कोटमा लगे । त्यो भनेको ‘समग्र मधेस एक प्रदेश’ । जसरी वामपन्थीहरु विश्वभरिका मजदूर एक होऔं भन्छन् । त्यो भनेको बाउण्डरी ब्रेक गर्ने होइन नि त्यो भनेको सर्वहाराहरुमा एकजुटता हुनुपर्छ पो हो । त्यो भावनात्मक ऐक्यबद्धताको कुरा हो । त्यसैगरी झापादेखि कञ्जनपुरमा बस्ने मधेशी पहिचानको ऐक्यबद्धताको कुरा हो । मधेशी पहिचान भित्र अरु पहिचान पनि छन् त्यो भित्र थारु पनि छन्, मुस्लिम पनि छन्, दलित पनि छन् । त्यसरी व्याख्या पनि गर्छन् । र कोही कोहीले मधेशी पहिचान भित्र स्वतन्त्र पहिचान भनेर दाबी पनि गर्छन् जे होस् सबैको भावनात्मक एकताले राज्यलाई धक्का दिन भनेर यो पहिचान ल्याइयो तर मधेसका नेतृत्व पत्तिंmले गैरमेधसीहरुमा आÇना कुरालाई तथ्यपूर्ण र तर्कपूर्ण ढंगले पस्कन सकेनन् । यसको कारण पनि छ । मधेसी राजनीतिको छोटो इतिहास । प्राज्ञिक अध्ययनहरु पनि खासै भएका छैनन् । मिडियामा त्यति पहुँच भएन । शोध पनि कम भयो । कुनै पनि सामाजिक आन्दोलन कति शक्तिशाली छ भन्ने प्राज्ञिक कर्मले बताउँछ । त्यसले आन्दोलनलाई गुरुŒव प्रदान गर्छ । हामीले हे¥यौ भने छिमेकमा उत्तराखण्ड बन्यो । उत्तराखण्डबारे कतिधेरै किताब आएका छन् । कतिधेरै अध्ययन भएका छन् । छिमेकमै बिहार टुक्रिएर झारखण्ड बन्यो । आदिबासीको पहिचानको लागि । झारखण्डको बारेमा खोज्ने हो भने प्रशस्त लेखहरु पाइन्छन् । किताबहरु पाइन्छन् । गोरखाल्याण्ड आन्दोलनकै बारेमा पनि त्यस्तै छ । मधेस आन्दोलनमा त्यस्तो पाइँदैन । खासगरी नेतृत्व पंक्तिमा त्यस्तो क्षमता भएन । गैरमधेसीलाई पनि आÇनो मुद्दामा कन्भिन्स गर्न, बुझाउन सक्ने भएनन् । संवाद शुन्यताको अवस्था भयो । दोस्रो कुरा के हो भने, मधेसबाट प्रतिनिधित्व गर्ने जसलाई ठूला दल भनिन्छ, काँग्रेस, एमाले वा माओवादी, उहाँहरुले त्यो कुरा गर्दिनुभएन । जस्तो कि माधव कुमार नेपाल रौतहटबाट चुनाव जित्नुभयो । उनान्सय प्रतिशत मधेसीहरुका मतबाट जित्नुभयो । उहाँको पार्टीको संगठन पुरै देशभरि छ । उहाँले भन्नसक्नुहुन्थ्यो मधेसी जनता पनि यहीं देशमा देशको नवनिर्माणको अंशियार बन्न चाहन्छन् । उहाँले यसो भनिदिदाँ त्यसको अलग प्रभाव पथ्र्यो । भईदियो के भने उहाँहरु मधेसी राजनीतिको दाबी गर्ने दलका रुपमा जुन देखापरेका दल र तिनका नेताका प्रतिक्रियाप्रति टिप्पणी गर्ने काम मात्र गर्नुभयो । पादटिप्पणीको काम मात्र गरिदिनुभयो । जसले गर्दा बहुसंख्यक गैरमधेसी अर्थात् पहाडी समुदायमा मधेसी राजनीतिप्रति, मधेसी समाजप्रति एकप्रकारको अविश्वास, एकप्रकारको आशंका र संशयको वातावरण बन्यो । त्यसले गर्दा समाज धुव्रीकरण भयो । संविधान निर्माणको गर्भाधानको रुपमा भएको स्रोह बुंदेले त्यहीं धुव्रिकरणले बल पु¥यायो । नत्र भने मधेसीहरुले जुन कुराहरु खोजिरहेका थिए त्यो कुराहरुमा पहाडि जनमतलाई बुझाउन सकेको भए त्यतिबिध्न धुव्रीकरण हुँदैनथ्यो भन्ने मलाई लाग्छ ।

अब यसमा नागरिक समाजको पनि कमजोरी होला नि रु मधेसको भाषा, मधेसी समाजको बारेमा चर्चा गर्ने नागरिक समाजको पनि अभाव हो कि ?
निश्चितरुपमा ०६३को आन्दोलनमा मधेसमा शक्तिशाली ढंगले आन्दोलन देखियो वा गणतान्त्रिक आन्दोलनको पृष्ठभूमिमा हेर्ने हो संघर्ष मधेसमा भयो । नेपाली राजनीतिको प्रत्येक मोडमा संघर्षहरु मधेसी जनताको सहभागितामा भएको छ । र नेपालका संगठनहरु जो नेपालको लामो इतिहासमा छन् उहाँहरुको पनि क्रियाभूमि मधेस रहेको छ । तर नागरिक समाजको मधेसको सवालमा र संविधान निर्माणको बेलामा काठमाडौंको नागरिक समाज भनेर जसलाई ब्राण्डेड भन्दछौं उहाँहरु पनि संस्थापनसँग जोडिनुभयो र मधेसप्रति राज्यले दमन गरिराख्दा उहाँहरु चुप लागिदिनुभयो । त्यहिबेला एक किसिमको मधेसी नागरिक समाज विकास भयो तर उहाँहरुको भूमिका पनि बढी भावनात्मक भए । उहाँहरु बढी भावुक भएका हुनाले प्रकट गर्न सक्नुभएन । जसले गर्दा एउटा ठूलो हिस्सामा उहाँहरुको कुरामा विश्वास गर्ने, उहाँहरुको कुरा सुनिदिने भएन । यिनीहरु त मधेसीका कुरालाई मात्र व्यक्त गरिदिने हो भन्ने बुझाई भयो । त्यसले पनि दुरी बढायो । शुरुमा नै आग्रह पुर्वाग्रह देखाप¥यो ।

अनि मधेसको कुरा गर्दा मधेसभित्रको समस्या पनि उठ्छन् नि रु मधेसमा जमिन्दार छ किसान छ, त्यहाँ अनेक जाति छ । मधेसभित्रको कुरा पनि उठ्छन् नि ।
मधेसी समाज विविधतापूर्ण समाज हो । यहाँ भाषिक विविधता छ, सामाजिक विविधता छ, हिन्दु वर्ण अनुसार जातिगत श्रेणी पनि छन् । त्यसले गर्दा नेपालको अन्य समाजमा जस्तै आन्तरिक विषमताहरु छन् । काठमाडौंमा एकप्रकारको सिम्बोलाइज गरिएको छ मधेसी नेता भनेको जमिन्दार भनेर । तर मधेसमा ठूला जमिन्दारहरु पहाडी छन् । किनभने राणाहरु, सेनाका मानिसहरुलाई जमिन बाँडियो । बिर्ताको रुपमा, जागिरको रुपमा । तिनीहरु नै ठूला जमिन्दार थिए । मधेसमा पनि थिए केही जमिन्दारहरु तर भूमिसुधारले तिनीहरुलाई समाप्त गरिदियो । अनि मधेसका नेताहरुलाई सिम्बोलाइज गरिन्छ यिनीहरु ठेकेदार हुन् त्यो पनि होइन । यसो भनिराख्दा मधेसमा पनि जातिगत समस्या छ, वर्गीय समस्या छ, त्यहाँ पनि लैंगिक समस्या छन् । तर एउटा पक्ष के हो भने जब मधेसीहरु अधिकारको कुरा गर्छन्, राज्यसँग अधिकारको लागि संघर्ष गर्छन् अनि उनीहरुलाई भनिन्छ तेरो भित्र यस्तो छ । होरिजण्टल र भर्टिकल दुवै काम हुनुपर्ने हो । राज्यसँगको संघर्ष भईराख्दाखेरि गैर मधेसीहरुले सपोर्ट गर्नुपर्ने हो । लोकतन्त्रलाई अझै बढी फराकिलो, उन्नत बनाइदिनुपर्ने हो । अर्कोतर्फ, मधेसी समाजले जब लोकतन्त्रीक अधिकारको दाबी गर्छ राज्यसँग भने उसले आÇना समाजलाई पनि लोकतान्त्रिक गराउनुपर्छ । आÇनो समुदायमा पनि आन्तरिक लोकतन्त्रको अभ्यास गर्नुपर्दछ । त्यो मधेसको सामाजिक संरचनामा देखिनुपर्छ । मधेसी समाजमा सामाजिक आन्दोलनको अभाव छ ।

यसैमा यो सबै कुरा गरिरहँदा मान्छेहरु के भन्छन् भने मधेसी नेताबाटै मधेसी ठगिए । एउटा प्रमाण के भने मधेस आन्दोलनमा सक्रिए पुराना नेताहरु मधेसवादी दलबाट अलग भए र यो पछिल्लो निर्वाचनमा ९प्रादेशिक र संघीय संसदीय निर्वाचन० उनीहरु सत्तामा जाने दलहरुमा गए । जस्तो कि हृदयेश त्रिपाठी, ओमप्रकाश गुल्जारी आदि । शक्तिशाली स्थानिय तहमा मधेसबाट प्रतिनिधित्व गर्ने दलहरुको कुनै प्रतिनिधित्व छैन । प्रदेश नं। २मा बाहेक । यसलाई कसरी हेर्नुहुन्छ ?
रोचक कुरा । मूल कुरा के हो भने मधेसबाट प्रतिनिधित्व गर्ने एमाले, काँग्रेस पनि त मधेसी जनताको मतबाटै गएका हुन् नि त । मधेसी राजनीति एउटा विषय भयो । मधेसी राजनीति भनेको मधेसीहरु कसरी इम्पावर ९सशक्त० हुने भन्ने हो । मधेसी राजनीतिको एउटा हिस्सा एमाले, काँग्रेस जसले मधेसी मत पाएका छन् उनीहरु पनि त हुन् । मधेसी जनताको राज्यसँगको सम्बन्ध कसरी हुने, उनीहरु आइसोलेशनमा पर्न नहुने काम उनीहरुको पनि हो । यहाँ चर्का नाराहरु आउँछन् भने यसको जिम्मेवारी यहाँबाट मत पाउनेहरु पनि हुन् । गरिबीको रेखामुनि तराईका जिल्लाहरु छन् भने, यहाँ आर्थिक विषमता छ भने, यहाँ मुलधारमा आउन सकेका छैन भने र पटक पटक असंगठित समूहको कारण पनि आन्दोलन हुन्छ र त्यो आन्दोलनको कारणले मान्छे ज्यान फाल्न तयार हुन्छ भने त्यहाँ कतै न कतै यहाँ पहिल्यैदेखि सक्रिय रहेका र ठूलो सञ्जाल भएका संगठनहरु पनि दोषी हुन् । उनीहरुलाई पनि यहाँकै जनताले जिताएका छन् । उनीहरुको पनि कर्तव्य हो । मधेसलाई उँभो लगाउने काम केवल मधेसी दलका मात्र होइन । यो नेपाली राजनीतिभित्र सानो संगठन भएका भक्तपुरका नारायणमान बिजुक्छेजी पनि हो । मधेस नेपालको हिस्सा हो । नेपाली राजनीतिका सबै शक्तिहरु यहाँ आउन सक्नुपर्छ । विभिन्न विचारहरु आउन सक्नुपर्छ । मुख्य कुरा के हो भने जनतालाई मूलधारमा कसरी जोड्ने रु जनता पटक पटक संघर्षमा जान सक्ने स्थितिबाट कसरी रोक्ने रु नियन्त्रणबाट होइन उत्साहबाट । त्यसको लागि मधेसी दलहरु नै चाहिन्छ भन्ने होइन । अर्कोकुरा तपाईंले जुन भन्नुभयो मधेसी नेताहरु ठगिएका छन् । हो मधेसी जनताहरु मधेसी दल र मधेसबाट प्रतिनिधित्व गर्ने शक्तिहरुबाट ठगिएका छन् । ०४६ सालपहिले मधेसी दल त थिएनन् । तर बहुदलीय व्यवस्था आइसकेपछि बहुदलीय व्यवस्थामा जनताको भावना आउनुपथ्र्यो नि त्यो त आएन । मधेसको मत लिन्छन् तर त्यो मत आÇनो शक्ति सञ्चयमा मात्र प्रयोग गर्छन् । चाहे ती मधेसी दल हुन् वा अन्य दलहरु । अहिले आवश्यकता के छ भने मधेसलाई मूलधारमा कसरी ल्याउने रु मधेसको सामाजिक संरचनामा फेरबदल कसरी ल्याउने रु परिवर्तन उनीहरुको चौखटमा कसरी पु¥याउने रु त्यो महŒवपूर्ण हो ।

मधेसको चर्चा आउनासाथ भारतसँग जोड्ने, अन्यकरणका प्रयासहरु गर्ने र आक्षेपहरु लगाउने गरिन्छ । फेरि भारतले पनि मधेसलाई प्रयोग गर्न खोजेजस्तो देखिन्छ । जस्तो कि संविधान जारी पछिका तनावबीचमा भारतका एक सुरक्षाविद् अखिलेश पिल्लामरीले जापानबाट प्रकाशित हुने जर्नलमा भारतले नेपालको तराईलाई नयाँ देश बनाउन कोशिस गर्नुपर्छ लेखेको थिए । जसरी १९७१ मा बंगलादेश निर्माण भएको थियो त्यहीं परिस्थितिको पुनरावृत्ति भएको उनको विश्लेषण थियो । तराई एउटा बेग्लै देश बनाउनुपर्छ र त्यसको लागि भारतले मेहेनत गर्नुपर्छ सम्म पनि लेखे । यी सबैले मधेसको खास आवाजलाई धमिलाइरहेको हो ?
कसले के लेखे त्यसमा मलाई टिप्पणी गर्नुछैन । तर दक्षिण एसियामा कुनै नयाँ भूगोल बन्यो भने त्यसले चीन र भारत दुवैलाई असर पु¥याउँछ । तपाईं सम्झना गर्नुस् जतिखेर मधेसमा ०६३को आन्दोलनपछि शान्तिपूर्ण आन्दोलन पहिचानको आन्दोलन अगाडि आयो त्यसपछि कश्मिरमा पनि आन्दोलन बढ्यो, तिब्बतमा पनि बढ्यो । तर नेपालको पहिचानको आन्दोलनको मौलिकता र सुन्दरता के हो भने यहाँको पहिचानको राजनीतिले केन्द्रतिर जोडिन खोज्छ । मान्छेचाहिं गोली खान्छन् ‘जय मधेस’ भनेर तर नेपाली नागरिकता मागिराख्छन् । श्रीलंकामा तमिलहरु गोली खाइरहेका थिए उनीहरुले तमिल पहिचान खोजिरहेका थिए । कश्मिरमा गोली खाइरहेका थिए उनीहरु कश्मिर पहिचान खोजिरहेका थिए । पाकिस्तानमा बलुचिहरु गोली खान्छन् उनीहरु बलुच नागरिकता खोज्छन् । तिब्बतमा तिब्बतीहरुको समृद्धि बढ्यो तर काठमाडौंमा तिब्बती शरणार्थीहरु आत्मदाह गर्दै तिब्बती पहिचान खोज्छन् । पहिचानको राजनीतिमा दक्षिण एसियामा रुचि राख्नेहरु छक्क पर्छन् । पहिचानको मुद्दालाई गहिराई दिने मधेसी राजनीति फरक छ । जति जति पहिचानको राजनीति गहिरिंदै जान्छ उति केन्द्रसँग जोड्न चाहन्छन् जबकि अन्यत्र पहिचानको खोजी भएपछि उसले पृथक भूगोल खोज्छ । यो भिन्नता नेपालीमा विचार निर्माण गर्नेहरुले फराकिलो ढंगले पस्किइदिएनन् । र कोट अन कोटमा कसले कहाँ के भन्यो भन्ने कुरालाई हामीले बढी प्रसारित ग¥यौं तर मधेसको यो मनोभावनालाई प्रचार गरेनौ । पछिल्लो पटक पनि मधेस आन्दोलन शक्तिशाली भयो । तर हामीलाई स्वतन्त्र मधेस चाहिन्छ भनेर लाखौंको भीडमा कतै पनि आएन । कसैले पनि गोली खाँदा पनि मधेस अलग राज्य हुनुपर्छ भनेको छैन । यसो भनिराख्दा तपाईले अमुक नाम भन्नुहोला तर उसको पछाडि लाखौ मानिस सडकमा ओर्लेको त छैन नि त । लाखौं मानिसले सडकमा ओर्लदा यो संविधानमा सुधार खोजरहेको थियो । काठमाडौंतिर फर्किरहेको थियो । त्यो सीमामा पुगेर पनि काठमाडौंतिर फर्किरहेको थियो । दक्षिणतिर फर्किरहेको थिएन । सीमाबाट पनि काठमाडौंतिर फर्किरहेको थियो । हो, जब सीमामा थियो दिल्लीले काठमाडौंसँगको व्याकरण मिलाउनको लागि उसको काँधमा उक्लिदियो । मधेसले हेरिरहेको थियो काठमाडौंतिर तर त्यहिबेलामा दिल्ली मधेसीहरुको काँधमा उक्लिदियो । त्यसपछि के भयो रु एकातिर चीनको झण्डा जलाइदै थियो अर्कोतिर भारतको । नेपालको आन्तरिक राजनीतिमा यसरी दुई छिमेकीहरुलाई जोड्ने काम भयो ।
अर्को कुरा के हो भने नेपालको प्रत्येक जनसंघर्षमा भारतीय जनताको सहयोग छ । भारत, भारतीय जनता र भारतीय सरकार तीन पक्ष हुन् । भारत भित्र पनि प्याजका पत्रहरु छन् । भारतीय जनता एउटा फरक पक्ष हो । मधेसका लागि उत्तर भारतसँग सांस्कृतिक सामिप्यता छ । दक्षिण भारतसँग छैन । दक्षिण भारत साँच्चिकै इण्डिया हो मधेसीका लागि । तर दिल्लीमा मधेसीको कुनै पहिचान, कुनै पहुँच छैन । हो, दिल्ली अर्थात् त्यहाँको संस्थापनले काठमाडौंसँगको सम्बन्धमा यदाकदा मधेसी राजनीतिको काँधमा उक्लिदिन्छ । काठमाडौं र दिल्लीको ऐतिहासिक सम्बन्ध ९हिष्टोरिकल कनेक्सन० छ । जतिखेर भारतमा ब्रिटिश इण्डिया थियो त्यतिखेर पनि काठमाडौंले भारतको स्वतन्त्रता संग्राम अर्थात् सन् १८५७ को विद्रोहलाई दबाउन र लखनउ दरबार लुट्न गएको थियो । त्यसपश्चात भारतको स्वतन्त्रता संग्राम अर्थात् जनता राजनीतिक स्वतन्त्रता हुने, मुक्तिको खोजीको बेलामा जलियावाला बाग काण्डमा पनि गोर्खा फौजले गोली हानेको थियो । पहिलोपटक जब १९४२मा जब भारत छोडो आन्दोलन भयो जयप्रकाश नारायण, डा। राममनोहर लोहिया हजारीलाल, बिहारको जेल भत्काएर सप्तरीको हनुमाननगर आए । त्यतिबेला मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला भारतीय स्वतन्त्रता संग्रामको लागि थुनामा हुनुहुन्थ्यो । तिनीहरुलाई मधेसीहरुले संरक्षण गरे र हनुमाननगर जेलमा राणाहरुले राख्दा मधेसीहरुले जेल भत्काएर उनीहरुलाई मुक्त गरे । अर्थात् जनताको तहमा सम्बन्धको शुरुवात गर्ने काम मधेसीहरुबाट भयो । त्यसपश्चात विभिन्न राजनीतिक चरणहरुमा सीमावर्ती क्षेत्रबाट सहयोगप्राप्त भएको छ । जुनसुकै सामाजिक वा राजनीतिक आन्दोलनमा । सीमावर्तीबाट जनताको तर्फबाट हुने सहयोग र दिल्लीबाट हुने सहयोग दुई फरक कुराहरु हुन् । काठमाडौंले यो कुरालाई आÇनो स्वार्थ अनुसार मिसमास गरिदिन्छ । मेरो चिन्ता त्यहाँनेर हो । अर्को तर्फ नेपाली राजनीतिको सुन्दरतम पक्ष के हो भने २०६४मा संविधान सभाको चुनाव हुँदैथियो त्यतिखेर मधेशी दलहरुमा तमलोपा गठन भएको थियो, सद्भावना पार्टी थियो र मधेसी जनअधिकार फोरम थियो, उहाँहरु सबैले मधेसी मोर्चा बनाउनुभएको थियो । उहाँहरुले यो राज्य मेरो होइन भनेर लड्दै हुनुहुन्थ्यो । संविधान सभाको निर्वाचन पश्चात प्रचण्डजीको नेतृत्वमा सरकार बन्यो उपेन्द्रजी नेपालको पहिचानलाई विदेशमा प्रचार गर्ने भनेर विदेशमन्त्री हुनुभयो । जुन समुदायले केही महिना अगाडि भन्दै थियो मेरो राज्य होइन त्यहीं समुदायको राष्ट्रपति, उपराष्ट्रपति बन्यो । के तपाईंले कल्पना गर्न सक्नुहुन्छ तिब्बतमा जतिसुकै समृद्धि आएपनि तिब्बतीहरु चीनको हेड अफ स्टेट ९राज्यप्रमुख— राष्ट्रपति० बन्न सक्छन् रु तपाईं कल्पना गर्न सक्नुहुन्छ कोही उत्तर पूर्वी भारतको मान्छे, कोही कश्मीरको मान्छे भारतको राज्यप्रमुख बन्न सक्छ रु तर नेपाली समाजको सहिष्णुता देखियो । हो, हाम्रा अन्तरविरोध छन् तर हाम्रा मौलिकपन पनि छन् । नेपालका जसलाई हामी खस आर्यको वर्चश्व भन्छौं, त्यहिं समाजले एक महिनासम्म राज्यको विरोध गरिरहेका, राज्य छैन भनेकालाई राज्य प्रमुख बनाएका छन् । सेनाले सलामी ठोकेका छन् । हाम्रो लोकतन्त्रको अभ्यासको आÇनै अनुभव छ । आÇनै ज्ञान र परम्परा छन् । हाम्रा रिक्तताहरु, हाम्रा अँध्यारा पाटाहरु पनि आÇनै किसिमका छन् । यो डिस्कोर्सलाई यहाँले बौद्धिक समुदायले, नागरिक समाजले जुन उन्नत र फराकिलो तरिकाले सम्प्रेषण गरिदिनुपर्ने हो त्यो काम गरिदिएनन् । हामीहरु आ–आÇना दलका आस्थाका किलोमा बाँधियौ त्यसले गर्दा समस्या खडा भएको हो ।

आम जिज्ञासा— अब के हुन्छ रुको उत्तर के होला ?
यो संविधानको विकल्पको बारेमा कल्पना गर्न सकिदैन । किनभने लोकतान्त्रिक आन्दोलन पश्चात नै विभिन्न पहिचानका आन्दोलनहरु अस्तित्वमा आएका हुन् । यो महŒवपूर्ण पक्ष हो । जनआन्दोलनभन्दा पहिला किन मधेसी, जनजाति, दलित आन्दोलन भएन रु किनभने लोकतन्त्र आधारभूत कुरा हो । अहिलेको संविधानमा अन्तरविरोधहरु छन् किनभने कसैको क्रियामा देखिएको प्रतिक्रियाबाट यो संविधान जन्मिएको हो । त्यसैले यो संविधानको अभ्यासमै देखापरेका छन् जटिलताहरु । त्यसलाई सच्चाउन जरुरी छ । यो संविधानको विकल्प नै सोचियो भने त्यो कालो अँध्यारो, सुरु·मात्र देखापर्छ । यो संविधानलाई जोगाउन प¥यो । त्यसका लागि एउटा संविधान सुधार आयोग गठन गर्नुपर्छ । विविधताको व्यवस्थापनको लागि संघीयता चाहिन्छ । सक्रिय, गतिशील संघीयता, देश जोड्ने संघीयता नेपालमा कसरी बनाउन सकिन्छ ¤ यो संविधानलाई परिष्कृत, उन्नत बनाउनुपर्छ । त्यो छोटो अनुभवले पनि सिकाइरहेछ । संविधानलाई सुधार गर्दै अघि बढ्यो भने निकै अन्तरविरोधहरु समाधान हुन्छन् । जहाँसम्म क्षेत्रिय एजेण्डाहरु लिएर आउँछन्, भारतमा पनि हेर्छु, क्षेत्रीय पार्टीहरु बन्छन्, जान्छन् । राष्ट्रव्यापी सञ्जाल भएका पार्टीहरुको जिम्मा हो देशलाई एकताबद्ध कसरी गर्ने विविधताको सम्बोधन कसरी गर्ने भन्ने । विगतमा विभिन्न आन्दोलनहरुले र खासगरी माओवादी आन्दोलनले धेरै भावनाहरु उठाइदिएका थिए । धेरै आकंक्षाहरु उठाइदिएका थिए । त्यसमा कति अति बढी छन्, कति असम्भव पनि छन् र कति अरु समाजको आँखाबाट हेरिएको छैन । एउटा समुदायको चाहना बढाइदियो तर अर्को समुदायको पनि चाहना, भावनालाई सोच्ने काम भएको छैन । हामी सबै एउटा कोठामा छौ भने कोठाभित्रका अरुको पनि भावना बुझ्नुप¥यो । र न्युनतम साझा सहमतिमा जानुप¥यो । यसको व्यवस्थापन पनि सक्रिय संविधानले हुनसक्छ । त्यो काम अबको कार्यभार हो । त्यो गरिएन भने दुर्घटना हुन्छ । यो संविधान आफैले आफैलाई टिकाउन सक्दैन ।
नेपालको अहिलेसम्मको अभ्यासमा प्रदेश सरकार कमजोर देखिन्छ जस्तो कि प्रदेश ५ मा मधेसी जनताको मत अत्याधिक छ तर अहिलेसम्म क्रियाकलाप हेर्दा खासै प्रगति भएको देखिदैन । प्रदेश शक्तिविहिन अधिकारविहिन भएको सरकारकै पदाधिकारीहरु अभिव्यक्ति दिन्छन् । यसलाई कसरी हेर्नुहुन्छ रु
संविधान निर्माण २०७२ असोज ३ मा भयो त्यसदेखि चुनावसम्मको अवधि खाली मधेसलाई आलोचना गर्न, मधेसलाई गलाउन नै संस्थापनको उर्जा सक्कियो । यो दुई वर्षमा संविधानले परिकल्पना गरेको नेपाली समाजको पुनःसंरचनाका चाहिने पुर्वाधार निर्माणमा खर्चेको भए अहिले यस्तो समस्या आउनेथिएन । यस किसिमको अलमल आउँदैनथ्यो । बिना तयारी हामी प्रादेशिक संरचनामा गयौ, बिना पुर्वाधार हामी स्थानीय तह निर्माण ग¥यौं । यसले गर्दा तयारी बिनानै जाँच दिन बसेका विद्यार्थीजस्तै हामी अलमलमा परेका छौं । प्रश्नपत्र छैन, कक्षाकोठा कुन हो थाहा छैन, के विषयमा जाँच दिने हो थाहा छैन । यसरी अलमल भएको साँचो हो ।
अर्कोतर्फ शुरुदेखि नै नेपालमा गतिशिल संघीयता नदिने भनेर अडान राखिएको थियो । त्यसलाई बाइपास गर्न स्थानीय तह ल्याइयो । त्यसले न स्थानीय तह शक्तिशाली भयो न प्रदेश सरकार । अनि जे जति अधिकार दिइएका छन् त्यसलाई पनि जान्ने, त्यसलाई बुझ्ने र प्रदेश सभालाई संवादको थलोको रुपमा विकसित गर्नेमा पनि अहिलेका प्रदेशमा निर्वाचितहरु पनि सफल छैनन् । केन्द्रीय संसदकै अभ्यास हेर्ने हो भने कमजोर र फितलो छ । भनेपछि प्रदेश सभा त नयाँ हो । नेपाली समाजमा पहिलो घटना हो । त्यसैले समय त लाग्छ । जनता तुरुन्त नतिजा खोज्ने मनोविज्ञानमा छन् । नेपाली समाजमा जनताको तुरुन्त तृप्त हुने मनोविज्ञानलाई हेरेर विभिन्न दक्षिणपन्थी शक्तिहरु हौसिएका छन् कि यो संरचनालाई भताभुंग पार्न सकिन्छ भनेर । तर जो नेपाली जनतालाई शक्तिशाली भएको हेर्न चाहन्छन् र दीर्घ शान्ति चाहिन्छ उनीहरुले यो संरचनाभित्र नै जनतामा भय रहित कसरी विकास गर्ने र जनतालाई कसरी डिलिगेट गर्ने भन्ने सोच्नुपर्छ भन्ने मलाई लाग्छ ।
संघीयता त ठूला दलको नेता र कार्यकर्ताको व्यवस्थापन गर्न मात्र प्रयोग भएजस्तो देखिन्छ ।
भारतमा पनि त शुरुमा कांग्रेस कै वर्चश्व थियो । त्यस्तै प्रदेश २ मा त मधेसी दलहरु छन् नि । तर त्यहाँ उहाँहरुको जिम्मवारी के हो भने त्यहाँ उहाँहरुले आÇनो क्षेत्रका अल्पसंख्यकहरु, अझै प्रष्ट भनौं भने पहाडी समुदायहरुलाई कसरी इंगेज गराउने भन्ने मुख्य कुरा हो । उहाँहरुले राम्रो उदाहरण दिनुभयो भने अन्य प्रदेशमा पनि, प्रदेश ५ मा पनि यहाँका मधेसी, थारु लगायतलाई कसरी इंगेज गर्ने, कसरी सन्तुष्ट पार्ने भन्ने नैतिक दबाव पर्छ । यो जिम्मेवारी संघीयतासँग आÇनो लिगेसी खोज्नेले डेलिभरको एउटा मोडल दिनसक्नुपर्छ । यसमा पनि चुकिरहेको देखिन्छ । यसले के देखायो भने जो संघीयताको माग गरिरहेका थिए उनीहरु नै संघीयता कसरी व्वस्थापन गर्ने भन्ने जानेका छैनन् । यो गाडी मेरो होइन भन्दै थियो अचानक घरको चाबी नै पाइयो । उनीहरु पनि यस्तै अवस्थामा पुगेका छन् ।
वैशाख ६ गते ‘संघीयतामा प्रतिरोधको ठाउँ’ शीर्षकको लेखमा तपाईले संघीयतामा प्रतिरोधी संस्कृतिको आवश्यकता औल्याउनु भएको छ । अब त दुई तिहाई बहुमत पनि पुगिसकेको छ । प्रतिरोधी संस्कृतिको अभावले सामाजिक फाँसिवादतर्फ लम्कने सम्भवना कत्तिको रहन्छ रु
अहिले बहुतहको शासन प्रणाली छ । स्थानीय तह छ । हिजोको दिनमा एकात्मक शासनमा शक्ति काठमाडौंमामात्र थियो । काठमाडौंमा निगरानी राख्ने पक्षहरु थिए । सरकारलाई निगरानी राख्ने, औला ठड्याउनेहरु काठमाडौंको मण्डलामा जम्मा हुन्थे । अब त सातवटा प्रादेशिक सरकार र सयौं स्थानीय सरकार भए । सबै तहमा सरकारको निगरानी हुनुप¥यो । त्यसको लागि प्रतिरोधको स्वर भनेको के हो भने सरकारलाई जहिले पनि निगरानीमा राख्ने । निगरानी गर्ने पक्ष पनि छन् । सरकारले तलमाथि ग¥यो भने बिना कुनै मोलाहिजा सरकारप्रति प्रश्न उठ्छ भन्ने हुनुपर्छ । प्रतिरोधको संस्कृति रहेन भने कुनै पनि सरकारमा एकलौटी भावना, अधिनायकत्व बढ्न सक्छ । भारतमा प्रारम्भमा जवाहरलाल नेहरु प्रधानमन्त्री हँुदाखेरि उनको ठूलो लिगेसी थियो । उनको भाषण सुन्न लाखौं मानिसहरु आउँथे । उनले पनि एकपटक चाणक्य नामले आÇनै विरुद्ध अखबारमा लेखे । उनले लेखे नेहरुको आलोचना भएन भने नेहरु तानाशाह हुनसक्छन् भनेर । त्यसैले लोकतन्त्रमा जहिले पनि शासकलाई औला तेर्साइराख्नुपर्छ । उसलाई धेरै मोलाहिजा दिनुहुँदैन । तर पछिल्लो वर्षमा औला तेर्साउनेलाई स्थायित्व नचाहने, संमृद्धि नचाहने, यिनीहरु प्रायोजित हुन् भन्ने कुराहरु गरियो । यसले कता कता प्रतिरोधको संस्कृति खुम्चिन्छ कि भन्ने डर पैदा गरेको छ ¤
अर्कोतर्फ राज्यपक्षले जसले प्रश्न गर्न सक्छ उसलाई खोइरो खन्ने, कैदमा राख्ने, दबाबमा राख्ने गर्दछन् । त्यसैले मैले पहिलादेखि नै यो कुरा उठाएको हुँ । अब त काठामाडौंमा मात्र नागरिक समाज किन रु प्रदेशमा, स्थानीयत तहमा नागरिक समाज किन नहुने रु यो बहस पनि आवश्यक छ । किनभने काठमाडौंको सरकार अस्तव्यस्त भए पनि प्रदेश सरकारले थेग्न सक्नुपर्छ । प्रदेशहरु कमजोर हुँदा स्थानीय सरकारले थेग्नुपर्दछ । त्यसैगरी नागरिक समाज पनि विभिन्न तहमा हुनुपर्दछ ।

प्रतिरोधी संस्कृतिको निर्माणको लागि पत्रकारको जिम्मेवारी उत्तिकै हुन्छ । तर भय र लोभले ग्रसित पत्रकार सक्षम छन् ?
यी सबैको बाबजुद पनि नेपाली मिडिया कुनै न कुनै रुपले सुचनाहरु चुहाइरहेका छन् । कर्पोरेट मिडिया एकहदसम्म दबाबमा आउँछन् । केन्द्रीय सरकारकै कुरा गर्ने हो भने मधुमास कालमा शंकाको लाभ पनि दिएका छन् । तर मधुमासको अवधि पछि मिडियाहरुले प्रश्न पनि उठाउन थालेका छन् । नेपाली मिडियालाई बाँच्नु छ भने उ जनतासमक्ष जानैपर्दछ ।

अनि नागरिक समाज नि रु नागरिक समाज त अब मृतप्रायः देखिन्छ ।
हो, किनभने धेरैजनाको छवि समाप्त भयो । धेरैजना विभिन्न धुव्रीकरणमा बाँडिए । वा केही जना चाहिं पदमा गए । तर नयाँ आउँछ । ना

गरिक समाज भनेको व्यक्ति होइन । कुनै संस्था होइन । अब नागरिक समाजहरु जन्मन्छन् । प्रदेशमा पनि जन्मिन्छन् । यो देशलाई जोड्ने काम गर्छन् । नयाँ–नयाँ नेतृत्व आउँछन् ।

त्यसोभए तपाई मिडिया र नागरिक समाजप्रति आशावादी हुनुहुन्छ ?
म नेपालको भविष्यप्रति आशावादी छु । यसमा मिडियाको भूमिका असल हुन्छ भन्ने मलाई आशा छ । असल पत्रकारिता अहिले पनि छ । खराब पत्रकारिताले असल पत्रकारितालाई ओझेल पार्ने काम गरिरहेछ । यो लुकामारी लामो समयसम्म चल्दैन । असल पत्रकारिताले नै खराब पत्रकारितलाई उछिनेर आÇनो व्यक्तित्व स्थापित गर्छ । यसमा म ढुक्क छु । यसले नेपाली समाजको बदलावमा भूमिका खेल्नेछ । नेपालको भविष्य उन्नत छ मलाई विश्वास छ । नेपालको लोकतन्त्रले अन्य ठाउँको लोकतन्त्रलाई पनि सिकाउँछ भन्ने मलाई लागेको छ । नेपाली समाज सहिष्णु समाज हो । नेपाली समाज एकले अर्कोबाट सिक्ने र सिकाउने समाज हो । यो सिक्ने र सिकाउने क्रममा नेपाली समाजलाई सम्मानमूलक बनाउनमा नेपाली मिडियाले आफूलाई जति स्थापित गर्छ त्यत्तिकै श्रेय पनि पाउँछ भन्ने मलाई लाग्छ

तपाईलाई पत्रिकाहरुमा पढ्नुबाहेक अध्ययनसँग जोडिएको चर्चा सुन्ने गर्थे । नेपालमा तीसरी फसल जस्तो चर्चित किताबको जानकारी गराउने र पढाउनेमा तपाईको उल्लेख्य भूमिका रहेको सुनेको छु । जसरी पी साइनाथले भारतमा गाम्रिण तहको कथाहरु, न्यारेटिभहरु मूलधारमा बहसको विषय गराउन सफल हुनुभएको छ । के नेपालको पत्रकारितामा त्यस्तो छनक पाइन्छ रु त्यस्तो सम्भावना कत्तिको छ ?
एकदम छ । एकदम सम्भावना मैले देखेको छु । पी साइनाथले ठूला मिडिया हाउसबाट फिलोसिपहरु पाउनुभएको थियो तर यहाँ हल्का रिर्सोसको कमी छ । नेपाल गाउँमुखी नै हो । र गाउँका कुरालाई नल्याइकन नेपालको धड्कन, नेपालको स्वर आउँदैन । अर्को विषय के हो भने गाउँलाई गाउँ रहन दिने वा शहरलाई गाउँमा लैजाने रु यो मौलिक डिस्कोर्सलाई ल्याउने कुरा नेपाली मिडियाले गर्नसक्छन् । त्यसको लागि हामी गाउँमा जानुपर्छ । समाजमा जानुपर्छ । अनि बल्ल अर्गानिक कुरा आउँछ । शहरमा बनावटी कुरा आउँछन् । शहरमा प्रायोजित कुरा आउँछ । तर गाउँमा अहिले पनि अर्गानिक कुरा पाइन्छ । म अहिले भर्खर खुनुवाको बोर्डर पुगेर आएँ त्यहाँ ४–५ जनासँग चिया पिएर गफ गरे एकदम त्यहाँको राजनीतिक डाइनामिक्स, सामाजिक डाइनामिक्स, त्यहाँको सीमाको अर्थतन्त्रबारे एकदमै अर्गानिक कुरा आयो जुन कुरा सदरमुकामा बताइएइको भन्दा विपरीत थिए । त्यसैले गाउँ नगइकन तपाई पत्रकारितामा नयाँ कुरा गर्न सक्नुहुन्न । बासी कुराहरु पस्कने र प्रायोजित पे्रस नोट ल्याएर छापेर पुग्दैन । त्यसैले मिडियालाई समाजसँग जोड्नु छ भने र मिडियालाई राज्यको आतंकबाट जोगाउनु छ भने तपाई समाजसँग जानैपर्छ ।

तपाईंको अतिरिक्त विषय रहेको छ तपाईं सूचना ठूलाबाट होइन चिया पसलबाट लिनुहुन्छ । तपाईका लेखहरुमा चियापसलका सुचनाहरु भेटिन्छन् । अरु सुचनाका स्रोत र चियापसलको स्रोतमा के फरक रहेछ ?
सुचना प्रहरी चौकीबाट, अस्पतालबाट, प्रशासनबाट पनि पाइन्छन् । तर समुदायको सुचना पाउनु छ भने, त्यहाँको सामाजिक आर्थिक परिवर्तनहरुलाई बुझ्नु छ भने जनतासँग जानै पर्छ । पहिला तराईमा घुर ताप्ने संस्कृति थियो । तर माओवादी जनयुद्ध पनि त्यो संस्कृति लोप भयो । त्यस्तै दलानको संस्कृति नै लोप भयो । नयाँ शैलीको घरमा दलान बनाइदैन । दलानमा विभिन्न पुस्ता बसेर छलफल गर्थे त्यो लोप भयो । पहाडतिर वरपीपल चौतारी हुन्थ्यो । अब वरपीपल चौतारी पनि रहेन । तर मान्छेको साझा भेट्ने ठाउँ कुन हो भने चिया पसलहरु । त्यहाँ विभिन्न वर्गका विभिन्न प्रकारका मानिसहरु आइरहेका हुन्छन् । त्यहाँ कुरा गर्न जान्ने हो भने छोटो समयमा पनि त्यहाँको नशा थाहा पाउन सकिन्छ । डाक्टरले नशा छामेर रोग पत्ता लगाएजस्तै । मैले देहात संवाद भनेको छु त्यो देहात संवादको मूल थलो, अरु पक्षहरु पनि तर मूल पक्ष तपाई चल्तीको चिया पसलमा जानुस् त्यहाँ धेरै कुरा पाउनुहुन्छ ।

तपाईंको लेखन निकै सन्तुलित हुन्छ । मधेसको आन्दोलनको बेलामा राजनीतिक धुव्रीकरण बढिरहँदा र कतिपय बेलामा तनावले शिखर चुम्दा पनि तपाईंको सन्तुलित धारणा कायम नै रह्यो । यसरी सन्तुलित हुन गाह्रो हुँदैन ?
एउटा कुरा के हो भने पत्रकार जहिले पनि सन्तुलित हुनुपर्छ । म आन्दोलनकारी होइन म पत्रकार हो । मैले मध्यमार्गमा विश्वास गर्छु । समाज क्रमिक रुपमा विकास हुन्छ । समाजले छलाङ लगाउँदैन । नेपालमा पहाड र मधेसलाई नजोडिकन न लोकतन्त्र रहन सक्छ न नेपालको समृद्धि रहन सक्छ । त्यस्तै हो सीमाञ्चलको सम्बन्ध पनि । सिमाञ्चल भनेको दिल्ली होइन । पारीसँगको जुन हाम्रो खुल्ला सम्बन्ध छ त्यसलाई वरदानमा अनुवाद गर्ने हो भने सीमाञ्चलसँग पनि हामीले सम्मानित सम्बन्ध राख्नुपर्छ । त्यसको लागि पनि हामीले सन्तुलनको खोजी गर्नुपर्छ । यसकारणले पनि म सन्तुलित भएँ हुँला ।
अर्को कुरा नेपाली समाजमा मधेसको कोणबाट तीन जना सिके हुनुहुन्छ । एकजना सिके राउत हुनुहुन्छ कोशी किनारको । जैसा खाए अन्न वैसा होए मन, जैसा पीए पानी वैसा होए बानी । कोशी नदीलाई विद्रोही नदीको रुपमा लिइन्छ । सिके राउत त्यस्तै हुनुहुन्छ । अर्को हुनुहुन्छ सिके लाल । सिके लाल चुरे भावरबाट निस्केको राप्ती नदी त्यसको किनारको हुनुहुन्छ । त्यसको पानी पिउनुहुन्छ । त्यहाँको अर्गानिक कुरा गर्नुहुन्छ । म बाग्मतीको पानी पिएको । बाग्मती नदी भनेको काठमाडौंलाई तराईसँग जोड्ने एकमात्र नदी हो । त्यसकारण पनि ममा मध्यमार्गी धार भएको होला ।

अब टुंगाउनतर्फ लागौं । लेखनीतर्फ कसरी आउनुभयो ?
म सामान्य परिवारको मान्छे । गाउँको स्कुलमा पढ्थे । मेरो ठूलो बुवासँग विभिन्न किताब हुन्थे । उहाँ संस्कृत पढ्नुभएको । भैसी चराउन जान्थे । समतलमा भैसी चराउनुको मजा के भने तपाई भैसीका ढाडमा बोरा राखेर बस्नुस् किताब पढ्न सक्नुहुन्छ । अरुबेलामा कोर्सको किताब पढियो । भैसी चराउने बेलामा मैले कोर्स बाहिरको किताब पढें । एकपटक मैले हस्तलिखित पत्रिका कसरी निकाल्ने भन्ने पढें । त्यसमा पत्रकारिता कसरी गर्ने भन्ने थियो । त्यस्तै अर्को थियो गणेश शंकर विद्यार्थी जो भारतको स्वतन्त्रता संग्राममा थिए र उत्तर प्रदेशमा कानपुरमा प्रताम भन्ने पत्रिकाको सम्पादक थिए । उहाँले हिन्दु र मुस्लिम समाजलाई जोड्न र ब्रिटिश विरुद्धको लडाईमा ऐक्यबद्धताको लागि ठूलो भूमिका खेल्नुभएको थियो । कतिसम्म भयो भने एकपटक हिन्दु मुस्लिम दंगा हुँदा उहाँ आफै मतान्ध एउटा पक्षबाट गोली खानुभयो । मलाई पनि के लाग्यो भने नेपालमा पनि मिडिया मार्फत्, कलम मार्फत् पहाड मधेस जोड्ने सद्भावको लागि लाग्नुपर्छ । मैले गोली खानुप¥यो भने पनि सद्भावको लागि लाग्नुपर्छ । यो कुरा मेरो मन मस्तिष्कमा गड्यो ।पञ्चायत कै बेलामा नौ कक्षामा पढ्ला मैले ग्रामभन्ने पत्रिका शुरु गरे । एउटा संस्था बनाए ग्राम उत्थान परिषद् । त्यसबाट पत्रिका निकाल्यौ । त्यसमा बज्जिका, हिन्दी र नेपालीमा लेख्थ्यौं । त्यसमा विभिन्न सामाजिक सुधारका विषयहरु हुन्थे । त्यसरी म पत्रकारितामा आएँ । अहिले पनि मैले पत्रकारितामा गणेश शंकर विद्यार्थीलाई नै आदर्श मान्छु । पत्रकारिताको काम नै समाजलाई जोड्ने, अझ राम्रो उन्नत बनाउने । अँध्यारो कोठाभित्र उज्यालोको खोजी गर्ने हाम्रो प्रयत्न हुनुपर्छ । पत्रकारिता यस्तो जुनेली रातको उज्यालो हो तपाईं अञ्जुलीमा जुनेली बोकेर अँध्यारो कोठामा छिर्ने साहस गरिराख्नुस् । जुनेली रातको उज्यालोलाई अञ्जुलीमा बोकेर अँध्यारो कोठामा छिर्ने प्रयत्न गर्नुस् । त्यो अँध्यारो कोठालाई उज्यालो बनाउने प्रयास गर्नु नै पत्रकारिता हो भन्ने मलाई लाग्छ । मलाई यहीं भावनाले अभिप्रेरित गर्दछ ।

तपाईंको लेखनीमा पनि काव्यात्मक प्रस्तुती आउँछ । अहिले भर्खरै पनि तपाईंले काव्यात्मक अभिव्यक्ति दिनुभयो । काव्यप्रति अलि मोह देख्छु ।
म साहित्यबाट नै पत्रकारितामा आएको हो । म मैथिली, भोजपुरी, बज्जिका, हिन्दी, नेपाली साहित्यमा लेखिरहन्छु ।

दैनिक कति जसो समय अध्ययनमा बिताउनुहुन्छ ।
त्यो बढी छ । म स्वतन्त्र पत्रकार हुँ । म यात्रामा पनि पढिरहेका हुन्छु । म आÇनो स्टेशनमा छु भने खाना र किताब भयो भने पुग्छ । म वीरगञ्ज हुँदा पनि कोठाबाट दश पन्ध्र दिनसम्म निस्केको हुँदिन । यो मेरो कमजोर पक्ष हो । मलाई तनाव भयो भने पनि किताब पढ्छु । रुचिको किताब पढ्छु । मसँग निजी संग्रहमा नौ हजार जति किताब छ । म वीरगञ्जमा २८ वर्षदेखि भाडामा बसेको छु । मेरो सम्पत्ति भनेकै किताब हु्न् ।
मलाई लाग्छ पत्रकारले तीन कुरा पढ्नुपर्छ । एउटा उ जुन परिवारमा जन्मियो त्यो परिवारमा जन्मेको कारणले समाजलाई के दिने हो भन्ने पढ्नुपर्छ । म ब्राह्मण परिवारमा जन्मिए, हुर्किए । मलाई बुढा दलितहरुले पनि नमस्कार गर्थे । मैले सहुलियत पाएँ । अब समानप्रतिको मेरो भूमिका के हो रु दोस्रो, समाज र आफूलाई हेर्नुपर्छ । त्यसैगरी वरिपरीको समाजमा कस्तो परिवर्तन भइरहेको छ र राज्यसँग त्यसको सम्बन्ध के छ भन्ने पढ्नुपर्छ । तेस्रो महŒवपूर्ण के हो भने, तपाईभन्दा पहिला पनि आफूलाई हेरेर, समाजलाई हेरेर र राज्यलाई हेरेर जे लेखिदिएका छन् त्यसलाई पढ्नुपर्छ । यो तीन कुरा पढ्न सकिएन भने गतिलो पत्रकार बन्न सकिन्न । पत्रकारितमा टिक्न सकिन्न । अबको पत्रकारितामा पढ्न नसक्ने र जान्न नसक्नेले अभिव्यक्त पनि गर्न सक्दैन । अभिव्यक्ति कलाको लागि, शब्दको सम्पदाको लागि पनि पढ्नुपर्छ । तपाईसँग बाण भएन भने कसरी तपाईं बाण हान्न सक्नुहुन्छ रु शब्दको सम्पदा ठूलो कुरा हो । अहिलेको पत्रकारको समस्या के हो भने उससँग शब्दको सम्पदा नै छैन । उसको अध्ययन नै छैन । अनि उसले जनताको भावना कसरी अभिव्यक्त गर्न सक्छ रु कोरा नारामात्र लेख्छ ।

नेपाली पत्रकारिताको कुरा गरिरहँदा भाषा पनि प्रमुख कुरा हो । नेपालको मिडियामा भाषाको समस्याको कत्तिको ठूलो हो ? जस्तो कि अधिकांश मिडियाहरु नेपाली भाषामा छन् ।
मैले मेरा लेखहरुमा विभिन्न भाषामा शीर्षक राख्छु । कहिले अवधिमा, कहिले मैथलीमा, कहिले हिन्दीमा । मैले मधेशको भाषालाई मूलधारको पत्रिकामा पस्कने प्रयत्न गरेको छु । त्यो प्रयत्नलाई नेपालको मिडिया हाउसले स्वीकारेको छ। त्यसलाई अवसर दिएको छ । मैले पहिला ट्वीटरमा देहात संवाद लेखे । हिमालको सम्पादकले हिमालमै उक्त संवाद शुरु गर्न भन्नुभयो । नेपाली मिडियालाई चिमोट्न जानियो भने, झस्काउन जानियो भने त्यसमा अवसर पाउन सकिन्छ । नेपाली व्यावसायिक पत्रकारिताको अवधि पनि खासै लामो छैन । मलाई लाग्छ जुन मिडियाले कुसुण्डा जातिको बारेमा चिन्ता व्यक्त ग¥यो त्यसले अन्य भाषालाई बुझ्नेछ । त्यसले पहिला भन्दा भाषिक सुधार गरेको छ । जस्तो कि पहिला मेची पारीको भारतमा बस्ने नेपाली भाषीलाई नेपाली भन्थ्यो अहिले भारतका नेपालीभाषीहरु भन्छ । यो आफूमा संशोधन हो । त्यो सेल्फसेन्सरसीप नेपाली समाजको संवेदनशीलतालाई बुझेर गरिएको हो । नेपाली मिडिया आफैबाट सिक्दै पनि गइरहेको छ ।
अब टुंगाऔं । तपाईको झोलामा के किताब छ ?
मैले मैथिली साहित्यका केही किताब बोकेको छु जसमा मैथिली समाजको सामाजिक सांस्कृतिक विषयमा लेखिएको छ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर