निरन्तर संघर्ष र लगनशिलताले सफतला

उषा किरण पन्थ
जस्तोसुकै अवस्थामा केही आशा लिएर बढियो भने सफलता प्राप्त गर्न सकिन्छ । यसकोे गतिलो उदाहरण हुन् बुटवल तामनगरका जगनाथ न्यौपाने । स्कुले जीवनदेखि कलेज पढ्दासम्म जीवनमा अनेक दुःखकष्ट झेल्दै अगाडि बढेको तितो विगत कहिलेकाहीं उनको मन मस्तिष्कमा ताजा बनेर आउने गर्दछ । अहिले भने उनलाई निरन्तर संघर्ष र लगनशिलताले सफतलाको चुचुरोमा पु¥याएको छ।
२०४२ साल बैशाख २८ गतेका दिन बुवा जिवनाथ न्यौपाने र आमा हरिकुमारी न्यौपानेका कोखबाट साइ“लो छोराका रुपमा जन्म लिएका न्यौपानेका ४ दाजुभाई र ६ दिदी बहिनी रहेका छन् । विपन्न परिवार त्यसैमाथि १० जना छोराछोरीलाई लालन पालन गर्न बाबुआमालाई निकै कठिन थियो ।
एनले भने ‘जव म केही बुझ्ने भए“ मेरो घरको आर्थिक अबस्था निकै दयनिय भएको थाहा भयो । तब म आफ्नो घर परिवारको एक छाक जोह गर्नका लागि कहिले सागका मुठा बेच्न हिडें त कहिले मजदुरी गर्न ।’ मजदुरी गर्दै गर्दा पनि उनीभित्र पढ्नपर्छ भन्ने सोचले कहिल्यै छोडेन । स्कुल समय बाहेक उनी निरन्तर श्रम गरिरहेकै हुन्थें । केही उनका सम्पन्न गाउ“ले छिमेकीले तैले पढेर के गर्छस् ? त“ मजदुरी गर्ने नै हो । यस्तै भन्थे । घृणा गर्नेहरुको जमात नै थियो ।
जगनाथले मेहेनत गर्दै सा“झ बिहान छाक टार्न जोहो केही न केही गरेकै हुन्थे । तर पढाइ छोडेनन् । उनले हेटौडामा रहेको शारदा माविबाट एस.एल.सी पास गरेका हुन् । पढ्नलाई अति रुची लाग्थ्यो । जब एस.एल.सी गरे अनि होम ट्युसन पढाउन सुरु गरे । कामलाई कहिल्यै सानो सोचेनन् । यसपछि उनी रुपन्देही आए । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा माविबाट कक्षा १२ पास गरे । संर्घष गर्दै जा“दा कोरिया जानेहरुको धेरै जमात बन्यो । उनले पनि कोरियन भाषा सिकेर कोरिया जाने मनस्थिति बनाए । जब म कोरियन भाषा सिक्दै गए । त्यतिबेलासम्म बुटवल बहुमुखी क्याम्पसबाट एल एल बी पास गरी सकेका थिए । म भित्र नेपालमै बसी कानुनी क्षेत्रमा रहेर प्रत्यक्ष जनतास“ग काम गर्ने इच्छा जागेर आयो । राज्यको नजर नपुगेका, पछाडि परेका नागरिकहरुको बीचमा गएर काम गर्ने तिव्र इच्छा भएकै कारण होला बिभिन्न संघ संस्था कार्यसमितिमा बसी काम गर्दै आएका छन् ।
जगनाथले कोरियन भाषाको ज्ञान भएकै कारण सन २०१३ मा अध्यापन पेशा अंगाल्दै अगाडि बढ्ने सोच बनाए । विश्व मैत्री पोखराबाट कोरियन भाषाको लेवर २ गरे । त्यतिले मात्र मन भरिएन अनि विश्व भाषा काठमाडौबाट लेवल ४ टफिक परिक्षा पास गरे । सन् २०१३ बाट कोरियन भाषा प्रशिक्षकका रुपमा काम शुरु गरे । बिहान ५ बजे कक्ष्ाँ सुरु गर्छन् । कहिले त सुत्ने बेला विद्यार्थीका लागि प्रश्न पत्र तयार गर्दा २ बजेको हुन्छ । धेरै भन्दा धेरै परिक्षा लिन्छु विद्यार्थीलाई आफनो टिप्स बताउछु । एउटै विद्यार्थीलाई २,३ पटकसम्म दोहोराएर पढाउने गरेको जगनाथले सुनाए । ‘अहिले पनि निशुल्क रुपमा पढाएर कोरिया पुगेका विद्यार्थीले धेरै सम्झन्छन् ।’ उनले भने ‘यो भन्दा आफैलाई गर्व लाग्छ । कमसेकम मजस्ता २,४ जनालाई राम्रो गर्न सके उनीहरुको भविष्य उज्जवल गराउन सके हुन्थ्यो जस्तोे लाग्छ ।’
जगनाथले कोरियन भाषा पढाएका करिब २५० जना विद्यार्थी कोरिया गएका छन् ।१५० जना जाने तयारीमा छन् । आफू निकै संर्घष गरेर आएको व्यक्ति भएकाले विद्यार्थी आर्थिक रुपमा विपन्न छ भने उनले खुलेर सहयोग गर्छन् । यसपटक पनि २४ जनालाई ५० प्रतिशत छुट दिएको छ । ६ जनालाई पुर्ण रुपमा निशुल्क पढाएका छन् । संर्घषले सन् २०१६ पछि उनी आर्थिक रुपमा सोचभन्दा माथि पुगेका छन् । ‘२ छोरा , १ छोरीलाई राम्रो विद्यालयमा पढाउन सफल भएको छु । छाक टार्न धौ हुने मान्छेले ३ वटा घडेरी किनेको छु । परिवारलाई ओत लगाउने घर बनाएको छु । ’ उनले भने । जगनाथको अब होस्टेल सहितको आफ्नै इन्ष्टिच्युट खोल्ने तयारी छ । २०० विद्यार्थी पढाउन सक्ने क्षमता भएको सुविधा सम्पन्न कक्षा बनाउने सोचमा छन् ।

यो सामग्रि फरक पत्रिकामा पनि पढ्न सकिन्छ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर