डा केसीको पक्षमा बुटवलमा कविहरु सडकमा

तस्बिरहरु दीपक ज्ञवाली

बुटवल – अनसनरत डा. केसीको जीवन रक्षा, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन तथा चिकित्सा विधेयक फिर्ताको माग गर्दै बुटवलमा साहित्यकारहरुले सडक कविता वाचन गरेका छन् ।

पाठक मञ्च बुटवल, बुटवल साहित्य परिषद र साहित्य संगम बुटवलको आयोजनामा सडक कविता वाचन गरिएको थियो । गोविन्द केसीका माग आम नागरिकका माग भएको भन्दै उनीहरुले कवितामार्फत सरकारलाई तत्काल माग सम्बोधन गर्न माग गरे । केही साहित्यकारले सरकार केही धनी वर्गका लागि मात्र नभै गरीव दुःखीका लागि हुनुपर्ने भन्दै माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन र गोविन्द केसीको माग पूरा गर्दा सरकारप्रति आस्था बढ्ने बताए ।

सडक कविता वाचनअघि साहित्यकारहरुले प्लेकार्ड सहित पुष्पलालपार्कबाट मिडियाचोकसम्म यात्रा गरेकाथिए ।
कवि दीपक विश्वकर्माले भने ‘गोविन्द एक्ला छैनन, आम नागरिकसहित छन् । उनका माग आफ्नालागि हैनन् आम नागरिकका लागि छन् ।’ युवा कवि रामचन्द्र श्रेष्ठले भने सरकार न सत्य बोल्छ न सत्य बोल्नेका माग पूरा गर्छ ।’

सडक कविता वाचनमा यस क्षेत्रका पुराना र बरिष्ठ साहित्यकारहरु अजम्बरध्वज खाती,जंग बहादुर साह,क्रृषि आजाद लगायत ३ दर्जन भन्दा बढी साहित्यकारले रचना वाचन गरे ।
कार्यक्रमको अगुवाई गरेका कवि गीरी श्रीस मगरले डा. केसी र माफियामा फरक रहेको भन्दै सरकारलाई फरक छुट्याएर काम गर्न सुझाए ।

उनले कवितामै भने –
प्रीय गोविन्द तिमी र उनीहरुमा फरक छ
जति घृणा र प्यारमा हुन्छ
सेवा र व्यापारमा हुन्छ
उनले चाहेका छन् आम मानवको स्वास्थ्य अधिकार
उनीहरुले चाहेका छन् अस्पतालमा बगरको व्यापार….।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर