निरुले ल्याइन जमुनाको तिर,जसमा छ चेलीहरुको पीर

बुटवल । रुपन्देहीका संचारकर्मीहरु राम्रा तिज गीत निकाल्न सकृय छन् । ती मध्ये एक पात्र हुन् निरु गौतम ।
उनको लय र शब्द सिर्जना रहेको जमुनाको तिर बोलको गीत शुक्रबार बुटवलमा सार्वजनीक भयो । गीतको म्युजिक भिडियोको चर्चित गायिका देबिका बन्दनाले बिमोचन गरिन् ।
त्यसअवसरमा गायिका बन्दना, नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष भरत केसी, महासंघ रुपन्देहीका पुर्व अध्यक्ष दीपक ज्ञवाली, सञ्चारिका समुहका अध्यक्ष अमृता अनमोल, राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अञ्चल अध्यक्ष डिल्लिनारायण पाण्डे,कलाकार बिष्णु भट्टराई,पत्रकार माया केसी लगायतले गीतको प्रशंसा गरे ।


गीतमा खुमन अधिकारी र शिलु भट्टराईको स्वर रहेको छ । भिडियो विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादनमो निर्माण गरिएको छ । भिडियोलाई बुलबुल प्रा लिले बाहिर ल्याएको छ ।
यसअघि डिल्ली नारायण पाण्डे,सञ्जय सौगात,कृष्ण बाबु,बिरेन्द्र कुवर लगायत सञ्चारकर्मीले तिज गीत ल्याएकाछन् ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर