उद्योग व्यापार संघ बुटवलले  राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना गर्ने

 बुटवल । उद्योग व्यापार संघ बुटवलले  बुटवलमा राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना गर्ने भएको छ ।

असोज महिनामा नेपालीहरुको मुख्य पर्व बिजयादशमी र दिपावलीलाई समेत लक्षित गरी असोज १९ गदेखि २८ गतेसम्म मेला तथा प्रर्दशनी आयोजना गर्न लागेको जनाएको हो ।

बुटवलमण्डपमा मेला तथा प्रर्दशनी आयोजनाको तयारीका लागि संघले बुटवलमण्डपमा सचिवालय नै बनाईसकेको छ ।

बुटवलमा आज पत्रकार सम्मेलन गर्दै संघले आइतवारदेखि सचिवालयबाट तयारीको काम सुरु गरीसकेको संघका अध्यक्ष प्रबिण पाठकले जानकारी दिनुभयो ।

मेला तथा प्रर्दशनी तयारी र व्यवस्थापनका लागि अध्यक्ष पाठकको संयोजकत्वमा मुल तयारी र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको संयोजकत्वमा उपसमितिहरु गठन भईसकेको छ ।

संघका निवर्तमान अध्यक्ष खेम श्रीसले साढे ३ सयदेखि ४ सय स्टल रहने गरी तयारी सुरु गरेको जानकारी दिनुभयो ।

 

 

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर