दुबै हात गुमाएकी रुपाको जादुगरी स्वर,बनिन् ‘हिम्मत भाकी छोरी’

 

तस्बिरहरु-दीपक ज्ञवाली

दीपक ज्ञवाली,बुटवल

उनले खुट्टाले खान्छिन,खुट्टैले लेख्छिन् । यी सब गर्न उनका दुबै हात छैनन् त केभो ? सयौं हात झैं सबैको साथ छ । प्रमाण हो उनको जादुगरी झैं लाग्ने सुमधुर स्वरले सजिएको गीति एल्बम ‘हिम्मत भाकी छोरी’ ।
रौतारको पहिलो सांगितिक एल्वम अन्र्तगत ‘हिम्मत भाकी छोरी’ गीतका दुई म्यूजिक भिडियो बुटवलमा सार्वजनिक भए । गायिका देविका वन्दनाले ती भिडियो बिमोचन गरिन् । तेज प्रसाद पाण्डे र सरला गाहाले रचना गरेका गीतमा सुरेस सेन्चुरीको संगित रहेको छ । म्यूजिक भिडियोलाई यम पुनले निर्देशन गरेका छन् भने प्रेम नेपालीले सम्पादन गरेका छन । बागेश्वरी संगीतालयले एल्बम बाहिर ल्याएको हो । दुई गीतको भिडियो सार्वजनिक गरिएपनि एल्बममा ६ वटा गीत रहेकाछन् ।
सो अवसरमा बोल्दै गायिका बन्दनाले रौतारको स्वर राम्रो रहेको र उनलाई कृत्रिम हातका लागि सबैले सहयोग गर्नुपर्ने

बताईन् ।
बागेश्वरी संगितालयका प्रिन्सिपल सुरेस सेन्चुरीले ७ वर्षदेखि रूपालाई निरन्तर निशुल्क संगित सिकाएको र उनको गायनमा असाध्यै राम्रो क्षमता भएको बताए ।
कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, दीप बोर्डिङका प्राचार्य टिकाराम न्यौपाने, पत्रकार दामोदर खनाल, तेजप्रसाद पाण्डे, गीतका निर्देशक यम पुन लगायतले बोलेका थिए ।

रौतारको २०६२ सालमा आफ्नो घर नजिकै कपिलवस्तुको बाण 

 

गंगामा करेन्ट लागेर दुवै हात गुमेका थिए । उनी बुटवलको दीप बोर्डिङ स्कूलमा कक्षा ८ मा निशुल्क अध्ययनरत छन् ।

यसमा तपाइको मत

मनोरञ्जनबाट अन्य समाचार

फेसबुक

ट्वीटर