दर खांदा सावधानी अपनाउं,नत्र काभ्रेको नियति दोहोरिएला, जहां दर खांदा ४ सय ४५ बिरामी परेकाथिए

हरितालिका तीजका दिन निराहार व्रत बस्नका लागि अघिल्लो दिन आज मिष्ठान्न परिकारका साथ दर खाने परम्परा छ ।

माइतमा भेला भएका चेलीबेटीलाई माइतीहरुले दूध–घ्यूलगायतबाट बनेका परिकार दरका रुपमा खुवाउने गर्छन् ।

तीजका दिन दिनभर निराहार व्रत बस्नका लागि पुग्ने गरी भाद्र शुक्ल द्वितीयाका दिन राति उठेर दर खाने चलन छ । द्वितीयाका दिन राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अघ्र्य दिएर मात्र खाने परम्परा छ ।

स्वास्थ्यकर्मीहरुले दर खाँदा स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने तत्व नखान तथा अखाद्य वस्तु, रंग हालेका मिठाई तथा विषादी हालेका तरकारी र फलफूल नखान सुझाव दिएका छन् ।

सजावटमा राखिएका मिठाई तथा फलफूल भन्दा घरमै बनाइएका ताजा परिकार खाएर तीज मनाउन चिकित्सकको सुझाव छ ।

साबधानी नअपनाए काभ्रेको नियती दोहोरिनसक्ने उनीहरुको चेतावनी छ ।

काभ्रेको पाँचखाल नगरपालिका वडा नं १२ मा शुक्रबार दर खाएर ४ सय ४५ जना बिरामी परेका थिए ।  दर खाएर बिरामी परेका १ सय २८ जना अस्पतालमा भर्ना भएका छन् भने बाँकी उपचार गरी घर फर्किएका छन्।

अस्पतालमा उपचाररत बिरामीमध्ये  ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई आइसियूमा राखी उपचार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले जानकारी दिए।

तस्बिर स्वास्थ्यखबर

शुक्रबारको दिन। पाँचखाल नगरपालिका वडा नं १२ मा तीजको दर खाने कार्यक्रम कासकोटेस्थित ग्रामीण स्वाबलम्बन बहुदेश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। कार्यक्रममा ५ सय ९० जना सहभागी थिए।

सहभागीहरू पाँचखाल नगरपालिका वडा नं ४,७,९,१०,११ र १२बाट सहकारीमा आबद्ध सदस्यहरू रहेका थिए। सहभागी मध्ये ५ सय जनाले दर खाएका थिए। दरमा केराउ, आलु, अचार, पनिर र मिक्स अचार बनाइएको थियो।

इनारको पानी पिउने पानीको रुपमा प्रयोग गरिएको थियो।

यसमा तपाइको मत

स्वास्थ्यबाट अन्य समाचार

फेसबुक

ट्वीटर