पलासको फूलमा सुगन्ध खोज्दै केशवले ल्याए यस्तो गीत-हेर्नोस् भिडियो

 

बुटवल । मोफसलबाट गीत संगीतमा पछिल्लो पुस्तामा अधिक चर्चा कमाएका मेहनती श्रष्टा केशव ज्ञवालीले अर्को नयां गीत बजारमा ल्याएकाछन् ।

वास्ना नआउने सुन्दर फूल पलासलाई वास्नामा भरेर उनले “पलासको फूल” नामक गीत र म्यूजिक भिडियो सार्वजनीक गरेका हुन् ।

आधी रातमा रुन्छु छाति पिटी
संझ्यौ,संझ्यौ तिम्ले मायालाई राजनीति
आकासमा कालो बादल
पलासको फूलमा सुगन्ध खोज्ने
मै हुं हजुर मै हुं पागल….।

सबैको मन पगाल्ने यो गीत उनी आफै लेखेका हुन् । यसमा शब्द,सङ्गीत र स्वर उनकै छ । म्युजिक भिडियोको निर्देशन पनि आफै गरेका छ्न् ।
यो भिडियो मालिका क्रियशनले बजारमा ल्याएको हो । यो गीतमा मुकुन्द,सपना र आवासले अभिनय गरेकाछन् । दृश्यहरु राज अर्यालले खिचेका हुन् ।
ज्ञवाली उनै हुन् जसले ‘मलाइ बौलाहा नभन, तिम्रो यादमा रोको मात्रै हो’भन्ने गीत गाएर चर्चा कमाएकाथिए ।

उनको मालिका क्रियशनले केही बर्ष अघि बजारमा लयाएको गीत
‘कोही कोही आधा यता
कोही कोही आधा उता
तड्पीराछन् कृष्ण उता
तड्पीराछु राधा यता..’
अहिलेपनि राष्ट्रियस्तरमा चर्चामा छ । उनले संगीत दिएको यो गीत बरिष्ठ पत्रकार दीपक ज्ञवालीले लेखेका हुन भने नेपालीकी चर्चित गायिक मिलन अमात्यले गाएकी हुन् ।
श्रष्टा केशवका अनुसार कालजयी यो गीतको म्यूजिक भिडियो पनि चांडै निर्माण हुनेछ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर