दसैं नजीकिंदा उपभोग्य वस्तुको मुल्य आकासियो

लुम्बिनी रिभ्यू
ंबुटवल –मुख्य पर्व दशै नजीकिदै ज“ादा बुटवलमा उपभोग्य वस्तुको मूल्य आकासिएको छ ।
कर र डलर बढेको भन्दै व्यापारीहरुले मनपरी मुल्यवृद्धि गरेका हुन् । उपभोक्ताहरुका अनुसार खाद्यवस्तुदेखि उपभोग्य वस्तुको मूल्य १० देखि २५ प्रतिशतसम्मले बढेको छ। ‘बजारका सामान छोइसक्नु छैन,’ बुटवल राजमार्ग चौराहकी मीना थापाले भनिन् ‘चामलदेखि जीरासम्मको भाउ बढेको छ।’ केही व्यापारिले प्याकेटमा मूल्य उल्लेख भएकै वस्तुमा बढाएर बेच्ने गरेको उनले गुनासो गरिन् ।
अघिल्लो सातासम्म ६० रुपैया प्रतिकिलोमा पाइने चिनी अहिले उपभोक्ताले ७० देखि ७५ रुपैया“मा किन्नु परेको छ । ५ हजार ५ सयमा पाइने मसिनो चामल अहिले प्रतिक्वीन्टल ६ हजार ५ पुगेको छ । सावा मनसुली ५ हजारबाट प्रतिक्वीन्टल ६ हजार भएको छ । तोरीको तेलमा प्रतिलिटर २० रुपैया बढेर १ सय ६० भएको छ । सोयावीन तेल प्रतिलिटर ३० रुपैया बढेर १ सय ४० पुगेको छ । चिउरा, आटा, मैदा, जीरा, आलु, खुर्सानी, अण्डा लगायतमा पनि मूल्यवृद्धि भएको छ । गत वर्षको तुलनामा हरियो तरकारीको समेत २० देखि २५ प्रतिशत मूल्य बढेको खुद्रा व्यापारीहरुले बताए । बुटवल ९ मा रहेको मिलन किराना पसलका मोहन खनालले एकै दिनमा बिहान र साझमा मूल्य बढेर आउने बताए । ‘कर र इन्धन बढेको बताउदै थोक बजारमै सामानको मूल्य बढेर आएको छ,’ उनले भने, ‘दाल र प्याज बाहेकका सबै उपभोग्य वस्तुको मूल्य बढेको छ।’
यहा“का उद्योगी तथा व्यवसायीहरुको माउ संस्था बुटवल उद्योग वाणिज्य संघले भने दसैले नभै लागत बढेकाले बजारमा केही मूल्य वृद्धि भएको बताएको छ । संघका वरीष्ठ उपाध्यक्ष उज्जवलकुमार कसजुले डलरको मूल्य बढ्दा सबै उपभोग्य वस्तुको मूल्य थोरैधेरै बढेको बताए । ‘यहा“ उत्पादन हुने वस्तुको पनि कच्चा पदार्थ ल्याउने र इन्धन ल्याउने बाहिरी देशबाटै हो,’ उनले भने, ‘डलर बढ्दा यी सबैको मूल्यवृद्धि भएको हो।’ मूल्यवृद्धिमा कर बढ्नुको पनि भूमिका छ । व्यवसायीहरुका अनुसार सरकारले यसअघि छुट दिएको साबुन, सरफ मञ्जन लगायतमा ५ प्रतिशत अन्तशुल्क लिन थालेको छ । चाउचाउ, नुडल्स लगायतमा साढे ७ प्रतिशतबाट बढाएर १५ प्रतिशत कर पुगेको छ । करकै हिसावले पनि यी वस्तुमा मूल्य बढ्नु स्वभावीक रहेको कसजुले बताए ।
उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष नर्बु लामाले भने नियमीत बजार अनुगमन र बारबाही नहु“दा पनि व्यापारीहरुले स्वभावीकको सट्टा अस्वभावीक मुल्यवृद्धि भएको दावी गरे । चाडपर्व नजीकिदा महंगीसंगै मीसावटले पनि उपभोक्ता हैरान भएको उनले बताए । बजार अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला अनुगमन समिति छ । समिति बाहे स्थानीय तहले समेत बजार अनुगमन गर्न सक्छ । अनुगमनलाई प्रभावकारी नबनाउदा पनि मूल्यवृद्धि बढेको उपभोक्ताको गुनासो छ । सहायक जिल्ला अधिकारी नारयाणप्रसाद पाण्डेले भने उपभोक्ताको हीतलाई मध्यनजर राखी नियमित बजार अनुगमन गरेको बताए । ‘चाडबाडमा उपभोग्य वस्तुको खपत बढी हुन्छ । यसहिसाबले व्यवसायीले मूल्य पनि बढाउन खोज्छन्,’ उनले भने ‘विनाकारण हुने मूल्यवृद्धि रोक्न र मिसावट कम गर्न अनुगमनलाई बढाइने छ ।’

बिस्तृत समाचार फरक पत्रिकामा पढ्न सकिन्छ ।

यसमा तपाइको मत

अर्थ/व्यवसायबाट अन्य समाचार

फेसबुक

ट्वीटर