रुपन्देही क्षेत्रमा पर्यटन विकासका संभावना

 

 

 

बल बहादुर आचार्य

लक्ष्यगत नारा
सुखि नेपाली ,समृद्ध नेपाल,खुसि जनता,समृद्ध प्रदेश
कार्यनीतिक नाराः
नेपालको स्वाधिन अर्थतन्त्र र सवृद्धि नेपालको मूल आधार
पर्यटन, कृषि र प्राकृतिक संपदमा आधारित उधोग
र व्यापार

 नेपालमा राजनीतिक आन्दोलनले एउटा चरण सम्पन्न गरेको छ ।
 देश आर्थिक समृद्धिको अभियानमा र्जुमुराएको छ ।
 हाम्रा छिमेकी दुई ठुला देशहरु आर्थिक विकासको तिब्र विकासमा अगाडी बढी
रहेका छन र यी देशहरुसंगको सम्बन्धलाई अझ विकास गरी देशको हितमा उपयोग गर्नुछ ।
 राष्ट्रिय पूँजीको विकासका लागि स्वाधिन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण अहिलेकोे आवश्यकता हो भन्ने बोध भएको छ ।
 प्रत्येक तहका सरकारहरुले आफ्रनो स्थानको स्वाधिन र आत्मनिर्भर आर्थिक
समृद्धिका मुख्य आधारहरु पहिचान गर्न आवश्यक छ
 मेरा विचारमा नेपालको आर्थिक समृद्धिका मूल आधारहरु कृषि, पर्यटन र
प्राकृतिक संपदाहरुको उचित व्यवस्थापन नै हो ।
 नेपालको कृषि उत्पादन निर्वाहमूखि छ यसलाई आधुनिकीकरण र
व्यवशायिकीकरण गर्न अनिवार्य छ ।
 नेपालमा पर्यटन विकासको अत्यन्तै संभवना भएर पनि पर्यटनका समग्र
क्षेत्रहरुको पहिचान, निर्माण र व्यवस्थापन गर्न सकेका छैनौ ।
 नेपालका बनजंगल, खनिज संपदा, नदीनाला, अमूल्य जडीबुटी, संसारका महत्वपूर्ण हिमश्रृखला तथा बहुमुल्य पाहाडहरुको औधोगिकरण र व्यवशायीकरणका लागि अध्ययन अनुसन्धान गर्नुछ

ः……………….
.ह.ामी.लाइर्. .प्राविधिक शिक्षाको आवश्यकता अत्यधिक छ तर हामी काँहा उत्पादन भएका धेरै जसो विधार्थीहरुको ज्ञान हाम्रो विकासलाई सघाउने
खालका छैनन् ।
 अझ पनि हाम्रा दुरगम स्थानहरु गरिवी, अभाव तथा भोक रोगवाट पिडित छन् ।
 शिक्षित क्षमतावान र अर्धदक्ष युवाहरु देशमा भविश्य नदेखेर ठूलो
संख्यामा विदेशी रहेकाछन् ।
 साना तथा मझौला उधोग तथा व्यवशायहरु फस्टाउन सकेका छैनन् र उनीहरुलाई हाम्रो विकासको मूल आधार कृषि, पर्यटन र प्राकृतिक
संपादहरुको औधोगिकरण र व्यवशायीकरण तर्फ आकर्षण र
रुपान्तरण गर्न आवश्यक छ ।
 यस प्रदेशमा अन्तराष्ट्रि«य स्तरदेखि स्थानीयस्तरको महत्व बोकेका विविध पर्यटकीय
स्थलहरु छन् । थप केही आधुनिक महत्वका पर्यटकीय स्थल बनाउन आवश्यक छ ।

आप्mनो नियमित कार्यथलोवाट विदा लिई कुनै
उदेश्यका
साथमा अन्य स्थानमा गई गरिने अध्ययन, अनुसन्धान तथा
मनोरंजनात्मक कृयाकलापलाई पर्यटन भनिन्छ

पर्यटकका दृष्टिले संसारका १० महत्वपूर्ण शहरहरु पेरिस,न्यूयोर्क,लण्डन,साँंघाइ,स्तानबुल,रोम,अ
ाम्सटर्डम,टोकियो,बार्सिलोना,बर्लिन लुम्बिनी आउने विदेशी पर्यटकहरुको स्थिति ः
श्रीलंका, थाइलैण्ड, बर्मा, चीन, द.कोरिया,

महत्व ः
 पर्यटन हाम्रो देशको समृद्धिको एउटा मूल आधार हो ।
 यो क्षेत्र धेरै उद्योग व्यवशायहरु मिलेर संचालन हुने
सामुहिक उधोग हो ।
 पर्यटनको विकासले देशमा विभिन्न उधोग तथा व्यापारहरुको विकास हुन्छ, पुँजीको परिचालन हुन्छ,
रोजगार तथा स्वरोजगारको विकास हुन्छ पर्यटन अर्थतन्त्रको विकास हुन जान्छ र देशको राजस्वमा बृद्धि हुन गई देशको अर्थतन्त्रमा समेत यसले महत्वपूर्ण योगदान पुर्याउदछ ।
 यसरी पर्यटन अर्थतन्त्रको सुदृढीकरणले सरकारले लिएको
सुखि नेपाली र समृद्ध नेपालको लक्ष्यमा यसले ठोस योगदान पुर्याउन सक्नेछ ।

पूर्वाधारहरु ः
१) पर्यटन स्थलको निर्धारण ।
२) पर्यटन गन्त्यव्यसंम्म पुग्ने वाटो निर्माणमा पहिलो प्राथमिकता ।
३) भौतिक पूर्वाधार निर्माणका लागी आवश्यक विजुली तथा पानीको व्यवस्था ।
४) यथा सिघ्र पर्यटन व्यवशायमैत्री प्रशासनिक व्यवस्था ।
५) सिघ्र औधोगीकरणका लागि उधोग संचालनमा निश्चित समयका लागि
राज्यवाट विशेष छुटको व्यवस्था ।
६) पर्यटन क्षेत्रको विकासका लागि यथासिघ्र प्रदेश र स्थानीय तहका
सरकारमा पर्यटन विकास परिषद वा समितिको गठन । ७) पहिलो चरणमा पर्यटन गुरुयोजना निर्माण ।
८) पर्यटन क्षेत्रहरुको बर्गीकरण गरी प्राथमिकता निर्धारण र सोही अनुसार बजेट विनियोजन ।

पूर्वाधारहरुः
 ट्राभल एजेन्सी र स्थानीय टुर प्याकेजको संचालन ।
 पर्यटकीय स्थलको जानकारीमूलक सामाग्री निर्माण तथा पथ प्रर्दशकहरु तयार
 सुविधा सम्पन्न यातायातका साधनहरु ( हवाइ तथा थल मार्गमा चल्ने )
 सुविधायूक्त वासस्थानहरु ( स्थानीय विशेषताका साना होटल तथा तारे होटलहरु )
 पर्यटकको रुचि अनुसार खानाका विविध परिकारहरु
 नेपालका मौलिक सँस्कृतिमा आधारित विविध साँस्कृतिक कार्यक्रमहरु
 अन्य मनोरन्जनात्मक कार्यक्रमहरु पाकर्, संग्राहलय तथा आधुनिक सिनेमा हलहरु ।
 पर्यटकहरुलार्ई किनमेल गर्नका लागि आधुनिक सुुविधा सम्पन्न बजार तथा मलहरु
 सुविधा सहित प्रविधियूक्त वितिय सेवा केन्द्रहरु
 आधुनिक सूचना प्रविधि तथा पर्यटनमैत्री संचार मिडियाहरु
 पर्यटकमैत्री वाताबरण तथा पर्यटन प्रहरी सुरक्षा व्यवस्था
 पर्यटन क्षेत्रहरुको आवश्यक स्थानहरुमा प्रचार प्रसार ।
 पर्यटकहरुको रुचि अनुसारका हाम्रा मौलिक उपहारका सामाग्री उत्पादन गर्ने
उद्योग तथा व्यवशायहरु ।
 निर्माण भएका गुरुयोजनाहरुको निर्माण र उक्त योजना कार्यान्वयनमा

 यस जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरु (लुम्बिनी, देवदह,
रामग्राम, तिलौराकोट, मणिमुकुन्दसेन पार्क तथा जीतगढी किल्ला, सिद्धवाबा मंदीर, हिलपार्क,परिषद, निलकण्ठ बाबाधाम, अष्टिज पार्क, मोक्षधाम मंदीर, टिकुलीगढ गाई फर्म, शंकरनगर बनबाटिका, गजडी ताल, गैडहवा ताल,रामापिथेक पार्क, बोलबम धाम लगायत )
 साँस्कृतिक विविधता, भौगालिक विविधता, प्राकृतिक विविधता र सुन्दरता ।
 द्रुत गतिमा निर्माण भई रहेका हाम्रा राम्रा बाटोहरु (बुटवल–सुनौली, भैरहवा– तौलिहवा, बेथरी–बेलवास, रामापुर–लुम्बिनी, रामग्रामदेखि तिलौराकोट बुद्ध परिपथ आदी )
 द्रुत गतिमा निर्माण भई रहेको अन्तराष्ट्रिय हवाई मैदान ( बार्षिक १ करोड ५० लाख यात्रु क्षमता )
 नेपालको ठूलो भंसार तथा पर्यटक नाका ।
 निर्माणाधिन अवस्थाका अन्तरराष्ट्रिय संमेलन केन्द, बुटवल र
लुम्बिनी ५००० को सभाहल
 प्रस्तावित केरुंग, काठमाण्डौ, पोखरा, लुम्बिनी रेल र्माग (बुद्धिष्ट पर्यटन मार्ग)
 जीतगढी तथा युद्ध संग्राहलय (व्रिटिस पराजय भएको स्थान )

 हिन्दु पर्यटन मार्ग
 भौगर्भिक पर्यटन मार्ग तथा संग्राहलय ( मर्चवार, मुस्तांग, मानसरोेवर )
 ग्रेटर जीतगढी पर्यटन पार्क (नुवाकोट, मणिमुकुन्द उद्यान पार्क, दोभान, पाल्पा ) सहित युद्ध संग्राहलय (
अगे्रज पराजय भएको स्थान )
 आधुनिक बृहतर पर्यटकीय पार्कहरु (जुलोजिकल, बोटानिकल, फ्रलावर गार्डेन, आदी )
 नेपाल । प्रदेश प्रतिमुर्ति पार्क ( संपूर्ण नेपाल बुझिने गरी )
 विशाल विशिष्टीकृत संग्राहलय ( जातीय संग्राहलय,
समाजशास्त्रीय, बैज्ञानिक तथा सौर्यमंडल आदी )
 राष्ट्रि«य निकुुन्ज तथा खुल्ला चिडिया तथा पशुपंक्षी घरहरु
 अन्तराष्ट्रिय खेल मैदानहरु

क) राज्य तथा सरकारहरुले गर्ने कार्यहरु ः
 पर्यटन स्थलहरुको घोषणा सहित आवश्यक स्थानहरुमा पर्यटकीय
स्थलहरुको व्यापक रुपमा प्रचार प्रसार ।
 प्रदेश तथा पालिकाहरुले आफ्रनो क्षेत्रको पर्यटन गुरुयोजना
निर्माण ।
 पर्यटक गन्तव्यको वर्गीकरण ( अन्तराष्ट्रिय, राष्ट्रिय र स्थानीय महत्वको )
 पर्यटन क्षेत्रहरुको प्राथमिकता निर्धारण र सोही अनुसार बजेट विनियोजन ।
 उद्योग तथा व्यवशायमैत्री प्रशासनिक व्यवस्था ।
 पर्यटन उधोग संचालनमा निश्चित समयका लागि राज्यवाट विशेष छुट

 प्रर्यटन गन्त्यव्यसंम्म पुग्ने आधारभूत भौतिक पूर्वाधार वाटो, बिजुली तथा पानीको प्राथमिकताकासाथमा व्यवस्था ।
 पर्यटन क्षेत्रको दु्रत तथा व्यवस्थित विकासका लागि प्रदेश तथा पालिकाहरुमा पर्यटन विकास परिषद वा समितिहरुको गठन ।
 पर्यटनका सरोकारवाला संस्थाहरुसंग नियमित छलफल, अन्तरक्रिया तथा

ख) निजि क्षेत्रले गर्ने कार्यहरु ः
 सरकारको सरोकारवाला निकायसंग नियमित सहयोग, समन्वय र
सहकार्य ।
 पर्यटन सरोकार उधोग तथा व्यवशायहरुले पर्यटकको भावना र चाहना अनुसारको सेवा सुविधाहरुको संचालन ।
 सरकारी निकायहरुलाई पर्यटन विकास तथा प्रवर्धनका लागि आवश्यक योजना तथा समस्याहरुको नियमित रुपमा जानकारी सहित समाधानमा पहल ।
 पर्यटन सेवाका क्षेत्रहरुको पहिचान, उक्त सेवाका मापदण्डहरुको निर्धारण र सेवाको गुणस्तरका लागि मैत्रीपूर्ण प्रतिस्पर्धी बाताबरणको स्थापना ।
 पर्यटन व्यवशायका क्षेत्रमा हुने कामहरुको बारेमा अध्ययन, अनुसन्धान तथा गुणस्तर कायमका लागि स्वअनुगमन तथा मुल्याकन प्रणालीको विकास ।
 यस क्षेत्रका व्यवशायीहरुको वीचमा समन्वय तथा सहकार्यका लागि स्थायी
संरचनाको विकास ।
असल तथा सफल व्यवशायीहरुलाई पुरस्कृत र प्रोत्साहन गर्ने

गर्नुपर्ने ………
ख) निजि क्षेत्रले गर्ने कार्यहरु
ः…………………………..
 स्थानीय टुर प्याकेजहरुको निर्माण, संचालन र प्रचार प्रचार ।
 सरल र सहज प्रकारका टिकेटिड व्यवस्थाहरु, सुविधा सम्पन्न विभिन्न प्रकारका
यातायातका साधान, स्तरीय होटल तथा रेष्टुरेन्ट, नेपाली मौलिक
साँस्कृतिक कार्यक्रम संचालन, आधुनिक सुविधा सम्पन्न पर्यटक बजारको
संचालन, आध्ुनिक तथा आकर्षक पर्यटकीय पार्कको निर्माण, आधुनिक
संचार तथा प्रविधिको सेवा संचालन, नेपाली कला तथा सँस्कृतिको जगेर्ना गर्ने खालको मौलिक उपहार सामाग्रीहरुको उत्पादन, पर्यटकीय
स्थान तथा बजारहरुमा सुविधा सम्पन्न वित्तिय सेवा संचालन, विभिन्न
संग्राहलय तथा नाच घरहरुको संचालन ।
 विविध सेवा सहितको यातायात पर्यटन पार्क (पर्यटन सूचना केन्द्र,
स्थानीय यातायातको साधानहरु, टिकेट सेवा, नुहाई धुवाई, खाजा नास्ता घर, छोटो समयको आराम गृह लगायत सेवाहरु )
 पर्यटन विकासका यी विविध कार्ययोजनाहरुको निर्माण र संचालनमा
राज्य, नीजिक्षेत्र, सहकारी, समुह तथा समुदायहरुको सामुहिक दायित्व र भूमिका हुन्छ यस कार्यमा राज्यले अभिभावकको रुपमा सहयोगी र

१०.पर्यटन प्रवर्धनको क्षेत्रमा रुपन्देही
व्यापार संघको भूमिका ः
 रुपन्देहीमा पर्यटन विकासको लागि व्यापार संघको अगुवाइमा
सरोकारवाला संस्थाहरु वीचमा नियमित संपर्क र सहकार्य गर्न
नीजी क्षेत्रमा स्थायी संरचनाको निर्माण । (पर्यटन
सरोकार मंच, समुह वा समिति )
 नीजी क्षेत्रलाई पर्यटनको विकासमा लाग्न प्रेरित गर्ने खालका जनचेतनामूलक प्रचारात्मक कार्यक्रमहरुको आयोजना ।
 सरकारका सरोकारवाला निकायहरुका तर्फवाट पर्यटन विकासका लागि आवश्यक कार्ययोजना तथा सल्लाह सुझाव दिने ।
 पर्यटनका क्षेत्रमा देखिएका समस्या तथा समाधानका बारेमा नीजी क्षेत्रको तर्फवाट सरकारलाई सुझावहरु दिने ।
 व्यापार संघ स्वयम वा संघका सदस्यहरु वा सरोकारवाला
संस्थाहरुको अगुवाईमा नमुनायोग्य पर्यटन विकासको

 ठुला आयोजनाका लागि जमिन अभाव हुनु र जमिन किन्नका लागि धेरै लागत पर्नु ।
 ठुला परियोजनाका लागि लगानीको अभाव हुनु ।
 प्रवासी नेपाली तथा बिदेशी लगानीको वाताबरण नबन्नु ।
 ठूलो समुहमा मिलेर काम गर्ने सस्कार कमजोर हुनु र उचित तथा बैज्ञानिक व्यवस्थापन प्रणालीको अभावमा समुहमा मिलेर काम गर्ने विश्वास तथा पारदर्सिता कमजोर हुनु ।
 अध्ययन तथा अनुसन्धानका आधारमा तयार पारिएका उद्योग तथा व्यवशायिक
कार्यक्रमका प्रस्तावहरु तयार नहुनु ।
 हाम्रो प्रशासन प्रणालीले गणतन्त्रको मर्म अनुसारको व्यवहार नगर्नु र कामका
प्रकृयाहरु धेरै झंझटीला तथा अवरोधमुखि हुनु ।
 बदलिदो परिस्थिति अनुसार राज्यका निकायहरुमा ऐन कानूनहरु र आवश्यक
संरचनाहरु तयार नहुनु ।
 राज्यवाट यस देशको औधोगिकरणका लागि आवश्यक प्रोत्साहनमूलक कार्यक्रमहरु घोषणा नहुनु ।
 पर्यटकहरुलाई लामो समय बसाउन सक्ने भौतिक पूर्वाधारहरु नहुनु ।
 हाम्रो आफ्रनै टुर प्याकेजहरु नहुनु र बनाउने तर्फ चासो कम हुनु ।
 पर्यटन प्रवर्धन सम्वन्धि निकाय तथा संरचनाहरु प्रभावकारी नहुनु ।

 हाम्रो देश, यस प्रदेश र रुपन्देही क्षेत्र विविध पर्यटकीय संपदाहरुको
खानी हो र हामीले नसोचेको पर्यटन विकास हाम्रो आँगनमा छ ।
 हामीले यसको व्यवस्थापन र बजारीकरण गर्दै पर्यटनको बजारमा पस्कन
सक्नु पर्दछ ।
 पर्यटन क्षेत्रको विकासका लागि पर्यटन विकासको व्यवस्थित योजनाहरु बनाउने र यसको लागि आवश्यक ज्ञान, सीप तथा लगानीको आवश्यक वाताबरण बनाउन
सकेका छैनौ ं।
 पर्यटन व्यवस्थापनको विकासमा हामीले हाम्रा सोच, ज्ञान र सीपलाई अहिलेको आवश्यकता अनुसार विकसित गर्ने काममा केन्द्रित गर्दै नयाँ शैलीवाट अगाडी बढन अति आवश्यक छ ।
 हाल रुपन्देही क्षेत्रमा पर्यटन विकासले गति लिदै गइरहेको छ । यसलाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न सक्यौ भने यसले रुपन्देही क्षेत्रको आर्थिक समृद्धिमा योगदान गर्दै प्रदेशको पर्यटन विकासमा समेत नमुना प्रदर्शन गर्न सक्नेछ ।
 पर्यटन व्यवशायको विकासले यहाँका बासिन्दाहरुको रोजगार,
स्वरोजगार र व्यवशायमा बृद्धि भई उनीहरुको जीविकोपार्जनमा महत्वपूर्ण योगदान गर्दै पर्यटन अर्थतन्त्रको विकासमा
महत्वपूर्ण योगदान गर्नेछ र यस प्रदेशकै अर्थतन्त्रमा महत्वपूर्ण

बनायौ.चोक चौराहामा गफ गर्यौ, गोष्टी सभा तथा
सेमिनारहरु गर्यौ ।
अव आउनुहोस हामी सवै मिलि देशको आर्थिक समृद्धिका कामहरु गरौ ।

(रुपन्देही ब्यापार संघद्धारा लुम्बिनी एक्स्पो तथा अन्तराष्ट्रिय ब्यापार मेलामा १६ पुषमा बुटवलमा आयोजित पर्यटन गोष्ठीमा प्रस्तुत कार्यपत्र)

यसमा तपाइको मत

विचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर