भारत अतिक्रमित सुस्ताका अधिकांशमा आंखा रोगको समस्या,लायन्स सिद्धबाबाद्धारानिशुल्क शिविर

बुटवल–नवलपरासी पश्चिमको भारत अतिक्रमित क्षेत्र सुस्तामा पहिलो पटक आ“खा शिविर आयोजना गरिएको छ ।
लायन्स क्लब अफ बुटवल सिद्धबाबाले शनिबार निशुल्क आ“खा शिविर आयोजना गरेको हो । त्यसमा विपन्न परिवारका २ सय ६५ जनाले आ“खा जाच गराएका थिए । आ“खा जाच गराउने धेरैजसोमा एलर्जीका विरामी थिए । यसपछि मोतीया विन्दुका विरामी उपचारका लागि आएका थिए ।
उपचारमा आएका विरामीलाई निशुल्क औषधीसमेत वितरण गरिएको अध्यक्ष गणेश प्रसाद भट्टराईले बताउनुभयो ।
सुस्तामा आ“खाका विरामी धेरै भएको तर उपचारमा नगएको थाहा पाएपछि क्लबले उपचार शिविर संचालन गरेको उहाले जानाकारी दिनुभयो ।
बिरामीमध्ये ५० जनालाई थप उपचारका लागि बुटवलको लायन्स आखा अस्पतालमा रेफर गरिएको चिकित्सक मनोहर न्यौपानेले बताउनुभयो ।
त्यसमध्ये पनि ३० जनालाई शल्यक्रिया नै गर्नुपर्ने देखिएको छ । थप उपचारकालागि अस्पताल आउने बिरामीलाई समेत निशुल्क उपचार गरिने छ । शल्यक्रिया समेत न्युनतम मूल्यमा गर्ने सहमती भएको लायन्स आखा अस्पतालका चिकित्सक न्यौपानेले बताउनुभयो ।
आंखाका विरामीलाई शिविरसम्म ल्याउने र प्रचारप्रशार गर्ने काममा लायन्सका पूर्व अध्यक्ष तथा सदस्यहरु खटेका थिए ।
उपचार शिविरको उद्घाटनमा बोल्दै सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुड.ले उपचारका लागि टाढा जानुपर्ने भएकाले सुस्तावासी धेरैले रोग पालेर बसेको बताउनुभयो । यस्तोमा उपचारकालागि सामाजिक संघसस्थाले समेत पहल गर्न उहाले आग्रह गर्नुभयो ।

जनता दलित आधारभुत विद्यालयमा भएको चिकित्सक न्यौपाने सहित प्राबिधिक बिनोद चौधरी, गंगा बहादुर बुढा र शिव कुमार पालले परिक्षण सहित औषधि वितरण गर्नु भएको थियो ।

शिबिरको उदघाटन गर्दै लायन्स क्लवका पुर्व डिष्टिक गर्भनर महेन्द्रनारायण श्रेष्ठले हामी सेवा गर्छौ भन्ने मुल नारालाई सिद्धबाबा लायन्सले आत्मसात गर्दै पिडित क्षेत्रमा आएर आखाँ परीक्षण गरेकोमा प्रशंन्नता व्यक्त गर्नुभयो । पुर्वसासंद देवकरण कलवारले नेपालीभुमिको रक्षा गरी बर्षौदेखि संघर्ष गर्दै आएका सुस्ताबासीलाई लक्ष्यित गरी आखाँ शिबिरको कार्यक्रम ल्याउने सिद्धबाबा लायन्स क्लव पहिलो भएको बताउदै सुस्ताबासीलाई सहयोग संगै आम नेपालीको साथ र समर्थन आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा त्रिबेणी सुस्ता ५ का वडाअध्यक्ष प्रभुनाथ यादव, स्थानीय बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल खाँन,सुस्ता बचाउ संघर्ष समितिका संयोजक गोपाल गुरुगं, क्लवका उपाध्यक्ष ठाकुर आचार्य, सचिव सिताराम रसायली र कार्यक्रम संयोजक डायलसन अधिकारीले बोल्नु भएको थियो ।

यसमा तपाइको मत

स्वास्थ्यबाट अन्य समाचार

फेसबुक

ट्वीटर