जसले ल्याएकाथिए पहिलो पटक वृद्धभत्ता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थिती अत्यन्त चिन्ताजनक भएको चिकित्सकहरुले जनाएका छन्।

शनिबार साढे ४ बजे धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले ‘अधिकारीको शरीरका अधिकांश महत्वपूर्ण अंगहरुले काम गर्न छाडेको र उहाँलाई बचाउँन सक्ने सम्भावना अत्यन्त न्यून भएको’ बताएका छन् ।

चिकित्सकहरुका अनुसार, २४ घण्टादेखि अधिकारीको पिसाबसमेत रोकिएको छ । चिकित्सकले अहिले उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

२ माघदेखि निमोनियाले सताइएका अधिकारीलाई २४ माघमा ह्याम्स अस्पताल पुर्‍याइएको थियो । उनलाई दम र मुटु रोगको समेत समस्या छ ।

अधिकारीको स्वास्थ्यस्थितीबारे जानकारी लिन शुक्रबार बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी थिइन् ।

८२ वर्षीय अधिकारी सरकारमा चारपटक अर्थमन्त्री र एकपटक यातायात तथा निमार्णमन्त्री बनेका थिए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री बनेका उनले ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम अघि सारेका थिए ।

२०६८ सालमा सुत्केरी भत्ता, वृद्धभत्ता, नौस जस्ता कार्यक्रमका लागि पनि अधिकारीलाई स्मरण गरिन्छ ।

अधिकारीका स्वकीय सचिव महेश विष्टका अनुसार, आज बेलुकी बस्ने चिकित्सकको अर्को वैठकले अधिकारीको स्वास्थ्यबारे अन्तिम निर्णय दिनेछ ।

यसमा तपाइको मत

राजनीतिबाट अन्य समाचार

फेसबुक

ट्वीटर