समयानुसार दर्शनहरुलाई बुझ्न र बहस गर्न जोड

बुटवल । बुटवलमा अद्धैत वेदान्त दर्शनसम्बन्धी बहस भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान,काठमाडौं र तिलोत्तमा साहित्य,कला,संगीत प्रतिष्ठानको आयोजना तथा सिद्धबाबा मन्दिर विकास समितिको संयोजनमा त्यस्तो बहस भएको हो ।

कार्यक्रममा अद्धैत वेदान्त दर्शनको परिचय,यसको वर्तमान परिवेश र प्रभाव लगायतका बिषयमा चर्चा भएकोथियो ।

सहभागिहरुले समयानुसार दर्शनहरुलाई बुझ्न तथा परिवेश अनुसार टिप्पणी गर्न सरोकारवालाहरु सकृय हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगत प्रसाद उपाध्यायले दर्शनलाई सरलकृत बनाउंदै आमनागरिकसम्म पुर्याउनका लागि सबै किसिमका दर्शनबारे बहस, छलफल,गोष्ठीको अभियान चलाइएको बताउनुभयो ।

उक्त दर्शन सम्बन्धी विचार पत्र प्रस्तुत गर्दै साहित्यकार कृष्ण प्रसाद कोइरालाले समाजमा पश्चिमा दर्शनका कारण पूर्वीय दर्शनको प्रभाव कम हुंदै गएको बताउनुभयो ।
विचार पत्रमाथि माक्र्सवादी दर्शनका ज्ञाता गोपीरमण उपाध्याय, साहित्यकार ऋषिराम भुसाल र संस्कृतिकर्मी झपेन्द्र जीसीले टिप्पणी गर्नुभएकोथियो ।

तिलोत्तमा साहित्य,कला,संगीत प्रतिष्ठानका अध्यक्ष डा.मुरारी पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य वसन्त घर्तिमगर,साहित्यकारहरु राजेन्द्र आचार्य,दलबहादुर गुरुङ,निर्मल श्रेष्ठ,मोहन मरासिनी,निलकण्ठ पौडेल,अमर प्रधान लगायतले उक्त दर्शनबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

यसमा तपाइको मत

कला/साहीत्यबाट अन्य समाचार

फेसबुक

ट्वीटर