अपहरित बालिकाको उद्धार , अपहरणकारी पक्राउ

बुटवल,रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी ६ वर्षे बालिकाको सकुशल उद्धार भएको छ ।
तिलोतमा नगरपालिका वडा नं. १२ बस्ने टेक बहादुर थापाकी छोरी बर्ष ६ की साबित्री थापा अस्ति अर्थात असार ९ गते मंगलबार अपहरणमा परेकी थिइन् ।
साझ ८ बजे घरबाटै छोरी हराएपछि अभिभावकले रातभरि खोजी गरेका थिए । छोरी नभेटिएपछि अर्कोदिन खोजीदिन माग गर्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए । उजुरीका आधारमा खोजी गर्दै जादा प्रह्रीले आज बिहान साढे ७ बजे बुटवलबाट बालिकाको सकुशल उद्धार गरेको छ ।
बालिकासंगै अपहरणमा संलग्न पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका २७ का ३८वर्षे जयराम दासलाई समेत पक्राउ गरेको छ । उनले बुटवल उपमहानगरपालिका ५ स्थित होटल बुटवल प्लाजा ऐण्ड रेष्टुरेण्टको कोठा नं. १०३ मा बालिकालाई लुकाई राखेका थिए ।
पक्राउ परेका दासमाथि थप अनुसन्धान भइरहेको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता तथा प्रह्री नायव उपरीक्षक धर्मराज भण्डारीले जानाकारी दिनुभयो ।
दास बिगत नौ महिनादेखि पीडितको घर नजिकै रैनी खोलामा पुल बनाउने पेटी ठेगेदारको काम गर्दै आएका थिए । यसबीचमा पीडितकी आमा मन्जुसंग चिनजान भई नजीकिएका थिए ।
यसबीचमा दासले आमा मन्जुलाई बिवाहको प्रस्ताब राख्दा नमानेपछि रीसमा बालिकालाई अपहरण गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर