आज एसईई परीक्षाको नतिजा प्रकाशित हुँदै

काठमाडौं । आज एसईई परीक्षाको नतिजा  प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।

अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो ।

अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले सञ्चारमाध्ययमलाई भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर