एसईई-रुपन्देहीका ९ जनाको ४ जिपिए, कालिकाकी सबिना सामुदायिकमा अब्बल

तस्बिर- लुम्बिनी रिभ्यू

बुटवल,असार १२ गते । यसपटकको एसईई नतीजामा रुपन्देही जिल्लाका ९ जना विद्यार्थीले ४ जीपिए ल्याएका छन् ।

सामुदायिक तर्फ बुटवलको कालिका मानवज्ञान माविकी छात्रा सविना सुवेदीले ४ जिपिए अंक प्राप्त गरेकी छिन् ।

त्यस्तै निजी विद्यालयतर्फबाट बुटवलको न्यू होराइजन उच्चमाविका ७ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् ।

उनीहरु प्रवेश आचार्य, क्षीतिज डुम्रे, कपिल चौधरी, रोश्ना टण्डन, अनुश्का श्रेष्ठ, सदीक्षा कुंवर र सुयल ज्ञवाली हुन् । उता देवदह बोर्डिड. स्कुलका गौरब खनालले ४ जिपिए ल्याएका छन् ।

सामुदायिककी सविनामा राम्रो अक्षरमा सिर्जनात्मक रुपले लेख्ने बानीका कारण अन्य साथीलाई उछिन्न सफल भएको विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले बताउनुभयो । उनमा कुनैपनि विषयलाई बुझेर आफ्नो शैलीमा लेख्ने बानी छ ।

यसमा तपाइको मत

शिक्षाबाट अन्य समाचार

फेसबुक

ट्वीटर