अर्घाखाँचीमा जिप दुर्घटना,तीन जनाको मृत्यु


गणेश खनाल
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका वाडनम्वर ७ को खाँचीखोलामा विहिवार जिप दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ ।

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खक आउदै गरेको लु १ ज १३२९ नम्वर जिप दुर्घटना हुदाँ ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकास विष्ट जानाकारी दिए ।

दुर्घटनामा परि ५ जना गम्भिर घाईते भएको र ४ जना सामन्य घाईते रहेको जनाईएको छ ।

घाईते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
तस्बिर गणेश खनाल

यसमा तपाइको मत

समाचारबाट अन्य समाचार

फेसबुक

ट्वीटर