गुल्मीमा पहिरोबाट अकल्पनिय क्षति,मृतकको संख्या बढ्दै

तस्बिर फेसबुक

तम्घास साउन ७ गते । अविरल बर्षाका कारण गुल्मीमा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको संख्या झै बढ्नसक्ने अधिकारीहरुले बताएकाछन् ।

सत्यावती गाउँपालिका वडा नं ३ ठुलोलुम्पेक कुसुङथलामा घर भत्कीदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईतेभएका छन् ।

राती घरमा भल पसी स्थानीय तिल बहादुर त्रामुकी ३० बर्षीय तिलकुमारी त्रामू, उहाँका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिनुभयो । यस्तै उहाँका १२ बर्षिय छारी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएको स्थानीयले बताएका छन् । पानी परीराखेकाले उपचारमा लैजानका लागि समस्या परेको छ ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउदा चार जनाको शव फेला परेको र गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिनुभयो । सो शव पहिचान हुन सकेको छैन । चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताउनुभयो । उद्धारका लागी स्थानीयको टोली लागेको र प्रहरीको टोली पनि पुग्न लागेको उहाँले जानकारी दिनुभयो ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ३ मा रुद्ध बहादुर बिकको घर पहिरोले बगाएको छ । राती घर बगाउदा रुद्धबहादुर बिक र उहाँकी आमा घरमा भएको आशंका गरिएको छ । उहाँहरु बेपता रहेको र उहाँहरुको खोजी कार्य जारी रहेको स्थानीयले बताएका छन् ।

अबिरल बर्षा भईरहेका कारण प्रहरीको टोली त्यस तर्फ पुग्न सकेको छैन बाटोमा पहिरो गएका कारण घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको र यर्थार्थ विवरण त्यस पश्चात् आउन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Uncategorizedबाट अन्य समाचार

फेसबुक

ट्वीटर