गुल्मीमा पहिरोबाट अकल्पनिय क्षति,मृतकको संख्या बढ्दै

तस्बिर तिलाचन पाण्डे,गोरखापत्र

तम्घास , साउन ७ गते । अविरल बर्षाका कारण गुल्मीमा अकल्पनीय क्षति भएको छ । अहिलेसम्म कम्तिमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको संख्या झै बढ्नसक्ने अधिकारीहरुले बताएकाछन् ।
जिल्लाको सत्यवति गाउँपालिकाका २ वटा वडामा गरि पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयोे ।
सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको शव बाहिर निकालिएको छ । अरु २ जनाको निकाल्ने क्रम भइरहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, १० बर्षकी सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना सन्दिप वालक मावली घरमा गएकाले जिबितै रहेका छन् ।

त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३० वर्षिय तिलकुमारी त्रामु, १० वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।

उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।

पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो ।
उद्धारको लागि जिल्लाबाट तीनवटै सुरक्षा निकायका कमाण्ड सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताउनु भयो ।

ठूलो पहिरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घामा ४ घर जोखिममा रहेका छन् । उनिहरुलाई स्थानीय बिद्यालयमा राखिएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समितिको बैठक केही बेरमा बस्ने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जाननकारी दिनुभयो । उहाँका अनुसार घटना स्थलमा स्वास्थय सहितको टोली पठाईएको र उद्धारका लागी स्थानीय सहित प्रहरीको टोली परिचालन गरिएको बताउनुभयो । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ । घटना स्थलमा जान ठाउँहरुमा बिचबिचमा पहिरो गएकाले सत्यावती गाउँपालिका र रुरु गाउँपालिकाको सहयोगमा डोजर प्रयोग गरि पहिरो पन्छाईएको जिल्ला प्हरी कार्यलय गुल्मीले जनाएको छ ।

यसमा तपाइको मत

प्रमुख खबरबाट अन्य समाचार

फेसबुक

ट्वीटर