नेकपाका ३३ विभागमा कसलाई के जिम्मेबारी ? हेर्नोस सूची

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले ३३ विभाग तथा सात वटा प्रदेश कमिटीका इन्चार्ज तथा सह इन्चार्जहरूका टुङ्गो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवटारमा शुक्रबार सम्पन्न बैठकले सो टुङ्गो लगाएको हो ।
बैठकले विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपाललाई तोकेको छ भने उपप्रमुखमा राम कार्की अर्थात सुरेन्द्र कार्की लाई तोकेको छ ।
बैठकले नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी झलनाथ खनाललाई दिने निर्णय गरेको छ भने संगठन विभाग प्रमुखमा बामदेव गौतम रहनु भएको छ ।  स्कुल विभाग प्रमुखमा इश्वर पोखरेल र प्रचार विभाग प्रमुखमा नरायणकाजी श्रेष्ठ रहनुभएको छ ।
अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे तथा उप प्रमुखमा डोरमणि उपाध्याय रहनु भएको प्रवक्ता नारायण काजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

राजनीतिबाट अन्य समाचार

फेसबुक

ट्वीटर