म्यानेजले नै ठगे बैंकको १८ करोड

दाङको नारायणपुरमा रहेको देव विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको आरोपमा
बैंकका म्यानेज पक्राउ परेका छन् ।
२९ वर्षिय समिर बुढाथोकीलाई हिजो राती दाङ प्रहरीले पक्राउ गरेको हो । देव विकास बैंकबाटै
१७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो ।
घोराही उपमहानगर १० मा रहेको शाखाबाट कर्जा स्वीकृती नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई
आरोप छ । वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देव विकास बैंकसँग गाभिएको थियो ।
बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए । बिगत डेढ वर्ष देखि
उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् । बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी
आफुलाई फाइदा हुने गरी र बैकलाई नोक्सान हुने गरि पैसा हिनामिना गरेका छन् ।

bang ma thagi

दाङ प्रहरीले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।
उनलाई आज उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा म्याद थपका लागि लगिएको छ ।
दाङमा वाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो ।

यसमा तपाइको मत

sliderबाट अन्य समाचार

फेसबुक

ट्वीटर