बङै्कै म्यानेजरले ठगे १८ करोड

  • भुवन एनन्
  • भदौ ४, दाङको नारायणपुरमा रहेको देव विकास बैंकमा करिब १८ करोड हिनामिना गरेको
    आरोपमा बैंकका म्यानेज पक्राउ परेका छन् ।
    २९ वर्षिय समिर बुढाथोकीलाई हिजो राती दाङ प्रहरीले पक्राउ गरेको हो ।
    देव विकास बैंकबाटै १७ करोड ९९ लाख ९० हजार रुपैँया अनियमितता गरेको उजुरी प्रहरीमा परेको थियो ।
    घोराही उपमहानगर १० मा रहेको शाखाबाट कर्जा स्वीकृती नगराई ऋण प्रवाह गरेको बुढाथोकीलाई आरोप छ ।
    वेस्टर्न डेभेलपमेण्ट बैंक गएको असारमा देव विकास बैंकसँग गाभिएको थियो ।
    बुढाथोकी २०६७ सालदेखि वेस्टर्न डेभेलपमेण्ट बैकमा कार्यरत थिए ।
    बिगत डेढ वर्ष देखि उनी म्यानेजरका रुपमा काम गर्दै आएका हुन् ।
    बुढाथोकीले ३५ जना नक्कली ऋणि खडा गरी आफुलाई फाइदा हुने गरी र बैकलाई नोक्सान हुने गरि
    पैसा हिनामिना गरेका छन् । दाङ प्रहरीले बैंकिङ्ग कसुर तथा सजाँय ऐन अन्तरगत मुद्दा दर्ता गरेको छ ।
    बुढाथोकीलाई बुधबार उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासबाट सात दिनको म्याद थप गरि अनुसन्धान शुरु भएको छ ।
    दाङमा बाणिज्य इजलास नभएकोले उनलाई बाँके लगिएको हो ।

    सामान्य तय कर्जा प्रवाह गर्दा आय स्रोत खोजिन्छ । त्यसपछि आवश्यक कागजातहरु नगरिकता, लालपुर्जा, फोटो लगायत चाहिन्छ ।
    धितो जग्गाको मुल्यांकन गर्न ईञ्जिनियरको रोहबरमा स्थलगत अनुगमन हुन पर्छ ।
    त्यसपछि सिईओ, लेखा अधिकृत र शाखा प्रमुखको स्वीकृतीमा मालपोतबाट जग्गा रोक्का
    गरेपपछि मात्र ऋण लगानी हुने व्यवस्था छ । तर देव विकास बैंकमा म्यानेजर एकलैले सबै काम
    गरेर बिभिन्न सेवागा्रहीको नाममा कर्जा बाढेका छन् । पछिल्लो समय प्रविधिको विकाससँगै सबै
    बाणिज्य बैंकहरुले आ– आफ्नै सफ्टवेरबाट आर्थिक कृयाकलापहरु गर्दै आएका छन् ।
    तर कर्मचारीकै मिलेमतोमा अबैधानिक काम भैरहेको छ । महिनौदेखी एउटा शाखामा
    भैरहेको यस्तो क्रियाकलाप शाखा, क्षेत्रिय कार्यालय वा केन्द्रिय कार्यालय कसैलाई सुईको
    समेत नहुनु आश्चर्यको विषय बनेको छ ।

    यसमा तपाइको मत

    Uncategorizedबाट अन्य समाचार

    फेसबुक

    ट्वीटर